काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अंतर्गत प्रदेश ३, भक्तपुर स्थित नेपाल स्काउट मध्यपुर थिमि स्थानीय परिषद्लाई ज्याकेट हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमकाबीच बैंकको तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीले नेपाल स्काउट मध्यपुर थिमिका स्थानीय आयुक्त हरि बहादुर श्रेष्ठलाई ज्याकेट हस्तान्तरण गरेका हुन् ।
उक्त सहयोगले नेपाल स्काउट मध्यपुर थिमिका स्वयंम सेवकहरुलाई यस जाडो याममा आफ्नो दैनिक कार्य सम्पादनमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ । यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९२ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको बैंकले जनाएको छ ।
नेपाल स्काउट केन्द्रीय तदर्थ समितीका सदस्य बिजेन्द्र ध्वजुको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा वडा न. ७ का वडा अध्यक्ष कृष्ण कुमार प्रजापति, स्थानीय परिषदका पदाधिकारी, स्काउट लिडर तथा स्काउट रोभर रेन्जरहरुको उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया