काठमाडौं । कोरोना भाइरस (कोभिड १९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उदेश्यका साथ स्थापित आईएमई (भरोसा कोष) को रकम वितरण शुरु भएको छ ।
कोषबाट आवेदकहरुलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो ।
शुक्रवार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले संयुक्त रुपमा काठमाडौंमा उपलब्ध आवेदकहरुलाई चेक हस्तान्तरण गरि वितरण प्रारम्भ गरेका थिए ।
आइएमई पे वालेट मार्फत रकम भुक्तान लिन सक्ने व्यवस्था मिलाइएको कोषको सहयोग राशी पुस मसान्तसम्म हस्तान्तरण गरिसक्ने लक्ष्य लिइसकिएको छ ।
चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोभिड १९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि त्यो पिडामा केहि सहयोग गर्न सकिने अपेक्षाको साथ कोषको स्थापना गरिएको बताए ।
उक्त कार्यक्रममा बैदेशिक रोजगारीमा गएका नेपालीले देशलाई पुर्याएको योगदानका बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा प्रबन्ध निर्देशक हेमराज ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायत ब्राण्ड एम्वेसडर दिपक राज गिरी र दिपाश्री निरौलाले आफ्नो भनाई राखेका थिए ।
आइएमईले २०७६ साल पुष १६ देखि २०७७ असोज ३० गते सम्म कोरोनको कारण बिदेशमा मृत्यु भएका परिवारलाई आवेदन दिन आह्वान गरेको थियो । यस अवधिमा कुल ८१ वटा आवेदन परेको थियो । आगामी पुष मसान्त भित्र सबै परिवारलाई सहयोग रकम हस्तान्तरण गरिने आइएमई ग्रुपले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया