यी किशोरी आँखाबाट ढुङ्गाको आँशु झर्दछ !

काठमाडौं । आँसु तरल पदार्थ हो । र, आँखाबाट निस्कन्छ । तर के आँखाबाट ढुंगाको आँसु निस्कन सक्ला ? यो कुराको कल्पना तपाईले कहिल्यै जीवनमा गर्नुभएको छ ? पक्कै छैन नै होला किनभने यो असम्भजस्तै लाग्छ ।

तर, बाँच्नु पदर्एछ संसारमा केक के देख्नुपाइन्छ भन्ने उखान जस्तै संसारमा एउटी यस्ती युवती छिन्, जसका आँखाबाट हाम्रो आँखाबाट झर्ने आँसु नभई ढुंगाको आँसु झर्दछ ।

यो घटना मध्यपूर्वी देश यमनको हो । उक्त देशको एक दुर्गम गाउँमा सादिया सलेह नामकी एक १६ वर्षीया किशोरी छन्, जो आँखाबाट ढुंगाको आँसु झार्दछिन्, पत्थरका साना–साना टुक्रा ।

एकदिन उनी पीडा भएर डाक्टरकहाँ समस्या लिएर पुगिन् । उनले रुँदै आफ्ना समस्या राख्दा उनका आँखाबाट पत्थरकै आँसु झरिरहेको देखेपछि डाक्टरहरू नै अचम्ममा परेका थिए ।

ती डाक्टरले किशोरीको आँखाबाट झरेका ढुंगाको परीक्षण गरे पनि त्यसबाट खास नयाँ कुरा पत्ता लगाउन भने सकेनन् । उक्त गाउँका बासिन्दाले भने दैवीक शक्तिका कारण किशोरीका आँखाबाट ढुंगाको आँसु झरेको बताउँदै आएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?