काठमाडौं । मर्डर, ब्लास्ट र यौन हिंसाका घटनाहरुमा मानिसलाई जन्मकैदको सजाय सुनाएको त तपाईले सुन्नु भएकै होला । तर बाँदरलाई जन्मकैदको सजाय भएको कुरा सायदै छैन होला ।
आज हामी तपाईलाई यसको बारेमा जानकारी दिँदैछौँ । भारतको मिर्जापुरमा एक बाँदरको आनीबानीमा परिवर्तन नआएको भन्दै जन्मकैदको सजाय तोकिएको छ ।
उक्त बाँदरलाई कानपुरको एक प्राणी उद्यानमा जीवनभर राखिनेछ । उसले मिर्जापुरमा ३ वर्षसम्म आतंक मच्चाएको थियो । उक्त बाँदरको नाम कलुआ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया