डोजरको रङ किन पहेँलो हुन्छ ?

काठमाडौं । हामीले डोजर भन्ने बित्तिकै पहेँलो रङको हुन्छ भन्ने सोच्दछौँ। बिशेषगरेरनिर्माण व्यवसायमा प्रयोग हुने जेसीबी लेखिएका डोजर, एस्क्याभेटरमा लगाईएको रङ पहेलो हुने गर्दछ ।

तर जेसीबी लेखिएका डोजर, एस्क्याभेटरमा किन पहेँलो रङको प्रयोग गरिएको हुन्छ ? भन्ने बारेमा थाहा नहुन पनि सक्दछ ।आज हामी तपाईहरुलाई त्यसको बारेमा जानकारी दिनेछौँ ।

जेसीबी निर्माण उपकरण निर्माता एक कम्पनी हो । बेलायतको स्टाफोर्डशायरमा मुख्यालय रहेको जेसीबीको नाम यसका आविष्कारक जोसेफ सायरिल बमफोर्डको नामको छोटकरी रुप जे.सी.बी राखिएको थियो । जेसीबी बेलायतको पहिलो कम्पनी हो, जसले भारतमा आफ्नो पहिलो कारखाना खोलेको थियो ।

शुरुवातमा जेसीबी मेसिनहरु सेतो रङको हुने गर्दथे तर पछि यसको रङ परिवर्तन गरेर पहेँलो बनाइएको थियो । यस्तो छ जेसीबीको रङ पहेलो हुनुुको कारण ।

निर्माण तथा उत्खनन स्थलमा यो कलर टाढैबाट प्रष्ट देखिने हुदा हिँडडुल गर्ने तथा अन्य मानिसलाई समेत जानकरी प्राप्त भई सतर्क हुन सहयोग र्पुयाउने भन्दै यसको रङ पहेँलो बनाइएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?