काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको राम्रो कामको प्रचार प्रसार र संसद विघटनको निर्णयको पक्षमा उभिदैँ ताजा निर्वाचनमा जान नेताहरुलाई निर्देशन दिएका छन् ।
सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा आफु निकटका विघटित प्रतिनिधी सभा सदस्यहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले ताजा निर्वाचनमा जान नेताहरुलाई निर्देशन दिएका हुन् । ओलीले सरकारलाई राम्रो सँग काम गर्न नदिएको, प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव र राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी गरेको देखिएपछि संसद विघटनको निर्णय गर्नुपरेको बताउनुभएको निवर्तमान सांसद निरुदेवी पालले बताइन् ।
प्रधानमन्त्री ओलीले संसद विघटनको कारण सहित जनतासँग क्षमायाचना गर्दै मत माग्न जान पनि निर्देशन दिए । राष्ट्रियताका सवालमा सरकारले गरेका कामहरुको प्रचार गर्न निर्देशन दिँदै आलीले मत माग्नुपर्ने बताएका हुन् । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, र स्थायी कमिटी सदस्य लेखराज भट्टले निर्देशन दिएका थिए भट्ट पूर्व माओवादी समुहका नेता हुन् । पूर्व माओवादी समुहका मन्त्रीहरुले राजीनामा दिएको भएपनि उद्योगमन्त्री रहेका भट्टले राजीनामा दिएका छैनन् ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले के-के भने त ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया