काठमाडौं । भायानेटले भायाटिभीमार्फत सस्तोमा सिनेमा हेर्ने अवसर ल्याएको छ ।
कम्पनीले भायाटिभीमा ‘शीमारु अन डिमाण्ड मुभि प्याक’ मार्फत वलिउड मुभीहरु हेर्न सकिने व्यवस्था गरेको जनाएको छ ।
भायानेटका ग्राहकहरुले मात्र प्रति महिना ९९ (भ्याट सहित) तिरेर २५ वटा शानदार क्लासिक bollywood सिनेमाहरुको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ ।
भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायक रहेको कम्पनीको दाबी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया