काठमाडौं – तपाईलाई झनक्क रिस उठ्छ ? के तपाई आफ्नो मन काबुमा राख्न सक्नुहुन्न ? यदी त्यसो भएको हो भने तपाईको ‘मुड स्विङ’ भएको हुनसक्छ ।
के हो मुड स्विङ ?
व्यक्तिमा एकाएक र द्रुत गतिमा मानसिक स्थितीमा आउने परिवर्तन र उतारचढाव नै ‘मुड स्विङ’ हो । आक्रामक रुपमा नै आउने फरक व्यवहार र सोचाई नै माईन्ड स्विङ हो । छिनमै रिसाउने, छिनमै हाँस्ने, अरुलाई सुन्न मन नपर्ने, दिक्क लाग्ने, उराठ लाग्ने, कसैले भनेको नमान्ने, दिक्क लाग्ने, झण्झटिलो लाग्ने जस्ता लक्षण देखिएमा त्यो समस्या ‘मुड स्विङ’ हो । यो समस्या प्रायजसो बालबालिकामा हुन्छ । कतिपय अवस्थामा किशोरकिशोरीमा पनि हुन्छ । चिकित्सकका अनुसार, महिनावारी हुँदा, गर्भवति अवस्थामा बढीजसो यस्तो किसीमको मनस्थिती ‘डिभलप’ हुनसक्छ । तर यो मानसिक रोग होईन । केहि समयको बदलाब मात्रै हो ।
विकिपिडिया लेख्छ, ”मुड स्विङ मुडमा मनस्थितीमा आउने चरम वा द्रुत परिवर्तन हो। यी परिवर्तनले नकारात्मक भुमिका खेल्दछन् । मुड स्विंगका कारण मानिस स्थिर हुन सक्दैन ।
यस्तो बेलामा गलत निर्णय लिन पनि सक्छ ।
यस्तो अवस्थामा बालबालिकालाई कसरी ट्रिट गर्ने
यो गम्भिर सवाल हो की, यस्तो अवस्थामा अधिकांश बालबालिकालाई हप्काईदप्काई गरेर अभिभावकले तह लगाउन खोज्छन् । तर यो गम्भिर भूल हुनसक्छ । यसको कारण छ स् यस्तो अवस्थामा
बालबालिकालाई राम्ररी सुनिदिनुपर्छ ।
उनीहरुलाई बुझ्ने कोशीस गर्नुपर्छ ।
उनीहरुको मुख्य लक्षण नजरअन्दाज गर्नु हुँदैन ।
उनीहरुलाई उचित परामर्श गराउनुपर्छ ।
उनीहरुलाई बेलाबेलामा घुमाउन लैजाने गर्नुपर्छ ।
बालबालिकालाई अर्को बालबालिकासँग दाँजेर वा तुलना गरेर खत्तमै भयौ भन्नुहुँदैन ।
उनीहरुको लागि उपचार खोज्नुपर्छ ।
माया गर्नुपर्छ ।
अरु समयमा भन्दा बढी हेरचाह तथा मायाममता दर्शाउनुपर्छ ।
गाली गर्ने, डर देखाउने, कुट्ने, तर्साउने गर्नुहँदैन ।
यदि तपाईले घरमा नै गरेको ट्रिटमेन्टबाट बच्चामा परिवर्तन वा फरक व्यवहार नआएको खण्डमा समयमा नै उपचार गर्नुपर्ने चिकित्सक बताउँछन् । यस्ता बच्चालाई गाली गरेर, हतोत्साही गरेर, निराश तुल्याएर, झनै अत्ताएर डर देखाएर होइन, प्रेमील वातावरण दिएर सुधार गर्न सकिन्छ। चिकित्सकको परामर्श मानेर अघि बढ्नुपर्छ ।
अनि किशोरकिशोरीलाई ‘
अध्ययनअनुसार यो समस्या किशोर भन्दा पनि किशोरीमा तुलनात्मक रुपमा बढी देखिन्छ । महिलाहरुको सेक्रेट ग्रुपहरुमा केटीहरुबिचमा सेयरीङ हुँदा प्राय महिलाहरु भन्छन्, ‘महिनावारी हुने समय नजिकीँदै जाँदा मेरो मुड खराब छ’, झिँझिँने, अनुहारमा आलस्यता, कान्तिक्षण, निन्द्रा नपुगेजस्तो हुने , दिक्क मान्ने, ईरीटेड फिल गर्ने , साथीसँगै भएर पनि एकलो महशुस गर्ने , रुन मन लाग्ने जस्ता लक्षण देखिएको भन्दै गुनासो गरिरहेका हुन्छन् । यो हार्मोनको प्रभावले गर्दा हो । थकान, डर, र महिनावारीको समयमा मुड स्विंगबाट बच्न बिहान र बेलुका करीव ३० मिनेटजति हिड्नुपर्ने चिकित्सकले सुझाएका छन् ।
योग गर्नुहोस् -प्रशिक्षकको निरीक्षणमा मात्र)
हलुका किसिमको व्यायाम गर्नुहोस्।
यदि गर्भावस्थामा आएको चिडचिडापन हो भने यस समयमा वजन बढेका कारण ज्यान नै भारी भएको अनुभुति भएको हुनसक्छ । यस्तो बेला हरबखत खुसी हुन कोशीस गर्नुपर्छ । र हलुका किसिमको व्यायाम गनुपर्छ ।
परिवारका कोही सदस्यसँगै बस्नुपर्छ ।
यस्तो बेला झनक्क रिस उठ्ने, कता जाउँ के गरौँ जस्तो भएर मन अस्थिर पनि हुनसक्छ ।
अझ महिनावारीको बेला ध्यान र गहिरो श्वास लिइयो भने दिमागलाई शान्त पार्छ । यसका साथै हाम्रो शरीरमा भएको हर्मोन असन्तुलनको समस्या पनि कम गर्छ ।
तनाव
गर्भावस्था
महिनावारी
वंशानुगत गुण
हर्मोनको गडबडी
सम्बन्धमा दरार
एक्लोपन
प्रविधीको उच्चतम प्रयोग
स -सानो कुरामा चित्त दुखाउने स्वभाव
अत्याधिक औषधिको प्रयोग
एउटै विषयमा लामो समय सोचिरहनु आदिजस्ता कारणले हुन्छ ।
के कारणले हुन्छ यस्तो
रगतमा चिनीको मात्रा कम हुनु
डर लिइरहनु
चिन्ता र पीर गरीरहनु
सानो कुरामा बढी सोच्नु
यस्तो किसीमको समस्याले तपाईको जीवन नै बर्बादी पार्ने भन्ने हुँदैन । अर्थात् यसको समाधान छ । त्यो भनेको तपाईले आफूमा परिवर्तन गर्नुपर्नेछ । यसको समाधानका लागि निम्न उपायहरु छन् ।
सकारात्मक सोँच
नियमित आहारव्यहार
परिवारसँगै समय बिताउनु
साथीभाई र कोही साथीसँग रहनु
घुम्नु
किताब पढ्नु
काममा व्यस्त रहनु
आफ्नो मन परेको मान्छेको साथमा रहनु
राम्रो मुभि हेर्नु
हरप्रखर खुसी हुने
अरुलाई सहयोग गर्ने
प्रविधीबाट टाढा रहनु ।
परिवारका साथ समय बिताउनुहोस् ।
कतै घुम्न निस्कनुहोस् ।
आर्ट गर्नुहोस् ।
सिप सिक्नुहोस् । आदी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया