काठमाडौं । एक २४ वर्षीय युवाका कानमा जीवित साङ्ला अर्थात् कक्रोच भेटिएका छन् । डेली एक्सप्रेसमा प्रकाशित गरिएको एक रिपोर्टअनुसार कानमा समस्या भएपछि चीनको ग्वाङदोङ प्रान्तको हुआन्ग जिल्लाका निवासी २४ वर्षीय ल्वू गत महिना जिल्लाको सनेह अस्पताल पुगेका थिए ।
अत्याधिक रूपमा कान दुख्न थालेपछि चीनका ती युवा अस्पताल पुगेका हुन् । उपचारका क्रममा उनको कानभित्र १० भन्दा बढी कक्रोच भेटिएका हुन् ।
अस्पतलाका नाक, कान, घाँटीका विशेषज्ञ डाक्टरसँग उनले आफ्नो कान निकै दुख्ने, भित्र केही हिँडिरहेको जस्तो, केहीले टोकीरहे जस्तो महशुस भइरहेको भन्दै आफ्नो समस्या राखेका थिए ।
डाक्टरले उनको कान हेर्दा १० वटाभन्दा धेरै कक्रोच फेला पारेका हुन् । १० भन्दा धेरै साना तर, जीवित कक्रोचका बच्चाका साथ एक माउ कक्रोच कानभित्र यता उता घुमिरहेको अस्पतालका विशेषज्ञ डाक्टरले बताए ।
अस्पतालले ती युवाको कानमा भेटिएको कक्रोच कालो र खैरो रंगका भएको माउ र माउ कक्रोजको तुलानामा बच्चा कक्रोच हल्का गाढा र साना भएको पुस्टि गरेको छ ।
डाक्टरले ती कक्रोचहरूलाई चिम्टीका साहयताले बाहिर निकालेका थिए । डाक्टरले कक्रोच कति सयमदेखि ती युवाको कानमा रहेको कुरा भन्ने पत्ता लाग्न नसकेको बताए ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया