काठमाडौं – बलिउड अभिनेत्री आलिया भट्ट ‘स्लिम’ छिन् भन्ने त सबैलाई थाहा छ तर कसरी आफूलाई फिट राख्छिन् भन्नेमा धेरैलाई चासो हुन सक्छ । उनका ‘फिगरलाई’ लिएर पनि धेरै फ्यान प्रभावित भएका छन् । प्रायः सबैलाई हुन्छ कि, आफ्नो ज्यान पनि त्यस्तै फिट होस् । के गर्छिन् आलिया ?
उनका अन्तर्वार्ताहरुमा आधारित रहेर हामीले उनको खानपानको विषय समेटेर एक सामाग्री यहाँ प्रस्तुत गरेका छौँ ।
आलिया हरेक दुई घण्टामा केही न केही खाने गर्छिन् । तर उनले खानामा भने ख्याल गर्ने गर्छिन् । त्यसकारण पनि उनी फिट देखिन्छिन् ।
आलिया बिहान उठ्नासाथ ब्रेकफास्टमा अम्लेट या ‘एग स्यान्डवीच’ खाने गर्छिन् । यसका अलावा उनले कहिलेकाहीँ स्टिम्ड चिउरा पनि ब्रेकफास्टमा खाने गर्छिन् ।
नास्ता र खानाको बीचमा उनले आफूलाई मन पर्ने कुनै फलफूल सधै खाने गर्छिन्।
दिउसोको खाजामा उनी दाल, रोटि र तरकारी खान्छिन् । तर, उनी सधैभरी एउटै त्यहि चिजमात्र खादिनन् । उनको खाना पनि धेरै हल्का हुन्छ ।
दिउसो भोक लाग्दा इडली सांभर खान्छिन् । त्यो भारतको चर्चित खाना हो । आलिया आफूलाई यस्तो खानेकुरा मनपर्ने बताउँछिन् । उनका अनुसार बिहानको नास्ता र दिउँसोको खानामा हल्का खानेकुरा खाएमा धेरै खानबाट बचिन्छ ।
उनले अन्तर्वार्तामा भनेकी छिन् , ‘जुस पनि उत्तिकै मन पर्छ । लन्चमा उनी उमालेको सब्जी खान्छिन् । त्यो सागमा तेल या घ्यू केही पनि राखिएको हुन्न ।’
यसका अलावा उनले खानामा कहिलेकाहीँ दूध पनि खान्छिन् । चिया खानुपरेमा सधै उनले दूध नहालेको चिया नै पिउने गर्छिन् ।
डिनरमा उनले सिजनल तरकारीसँग रोस्ट गरेको चिकेन या माछा खाने गर्छिन् । यसो गर्दा उनले आफूले फिट राखेको बताउँछिन् ।
त्यस्तै रातिको खानामा आलिया तरकारी, दाल, रोटी र चिकेन ब्रेस्ट खान मनपराउँछिन् । आलिया खानमा बढी पानी पिउन मन पराउँछीन् । उनका अनुसार भोक लाग्नासाथ पानी पिउँदा कम खाने सम्भावना हुन्छ ।
उनको खानामा पिरो या स्वास्थ्यलाई असर पार्ने कुनै कुरा पनि हुँदैन ।
उनले मिडियामा भनेकी छिन्, ”सकारात्मक सोँच र नियमित खानपान तथा व्यायाम र योग फिट शरीरको राज हो ।”
भारतीय फिल्म निर्देशककी महेश भट्टकी छोरी आलिया भट्टले सन् २०१२ मा कमेडी फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट बलिउडमा आफ्नो यात्रा सुरु गरेकी थिइन् । चर्चित फिल्म बद्री नाथकी दुल्हनिया, सन् २०१८ मा रिलिज भएको उनी अभिनित महिला प्रधान फिल्म ‘राजी’ पछि उनी चर्चाको शिखरमा पुगेकी हुन् । उक्त फिल्मले १ अरब भन्दा बढी भारु आम्दानी गरेको बताइन्छ । फिल्ममा प्रवेश गर्नुभन्दा पहिले आलियाले १६ किलो वजन घटाएकी थिइन् भने १८ वर्षको उमेरबाट नै आलियाले एक्सरसाइज सुरु गरेकी थिइन् ।
यो पनि पढ्नुहोस् :
बिहानै खाली पेटमा पानी पिउँदाका फाइदा यस्ता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया