माछापुच्छ्रे बैंक र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच व्यवसायिक सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच व्यवसायिक सम्झौता भएको छ ।

बैंक र केन्द्रबीच केन्द्रमा आवद्ध रहेका कर्मचारीहरुहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइराला र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको तर्फबाट कार्यकारी निर्देशक चन्द्रमणी अधिकारीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आवद्ध कर्मचारीहरुलाई बैंकले सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ । बैंकका अनुसार आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा कार्यरत कर्मचारीहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहरुमा बिशेष सहुलियत प्रदान गर्नेछ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रेले यसअघि पनि सरल र सहज बैंकिङ्ग सुविधाका प्रदान गर्नका लागि बिभिन्न संघसंस्थाहरु संग सम्झौता गरेको बैंकले जनाएको छ ।

बैंकले पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १४३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३०३ स्थानमा रहेका सेवा सञ्जाल तथा २०० वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस मार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?