४७ वर्ष पहिला हराएको औँठी भेटिएपछि…

काठमाडौं । अमेरिकामा ४७ वर्ष पहिला हराएको एक महिलाको औँठी भेटिएको छ । फिनल्याण्डको जंगलमास्थित करिना पार्कमा सीट मेटल वर्करले मेटल डिटेक्टरको प्रयोग गर्दै गर्दा उक्त औँठी भेट्टाएका हुन् ।

औँठी जमिनमा २० सेन्टिमिटरको गहिराईमा फेला परेको थियो । उक्त औँठी डेब्रा म्याक्केना ब्रंसविकको रहेको पत्ता लागेको छ । औँठी जमिनमा २० सेन्टिमिटरको गहिराईमा फेला परेको थियो । उक्त औँठी डेब्रा म्याक्केना ब्रंसविकको रहेको पत्ता लागेको छ ।

६३ वर्षकी म्याक्केना ४७ वर्ष पहिला हराएको आफ्नो औँठी भेटिँदा अचम्ममा परेकी छन् । उक्त औँठी उनको दिवंगत पति शानले उनलाई दिएका थिए ।

उनीहरुले सन् १९७३ मा मोर्स हाईस्कूलमा पढ्दै गर्दा मायाको चिनो स्वरुप एक अर्कालाई औँठी दिएका थिए । उक्त औँठी हराएको ४७ वर्ष पछि भेटिँदा उनको खुशीको सीमा नरहेको उनले बताइन् ।

फाइल फोटो

उनी आफ्नो श्रीमानसँग विवाह पछि ४० वर्षसम्मसँगै बसिन् । सन् २०१७ मा उनको श्रीमानको निधन भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?