आज विश्वभर क्रिसमस मनाइँदै

काठमाडौं । प्रभु येशुको जन्मोत्सव (क्रिसमस)को उपलक्ष्यमा आज नेपाललगायत विश्वभरका इसाईहरूले क्रिसमस मनाउँदैछन्। ग्रेगोरियन पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । पछिल्लो समय अन्य धर्मका युवयुवती पनि यस पर्वमा सरिक हुन थालेका छन् ।

आजभन्दा २०२० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

नेपालमा करिब ४ सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?