काठमाडौं । प्रदेश नं १ का २ राज्यमन्त्रीसहित ३ जना मन्त्रीहरुले राजीनामा दिएका छन् ।
राजीनामा दिनेहरुमा सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार रहेका छन् ।
शनिवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अर्थमन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका थिए ।
त्यसको भोलीपल्ट अर्थात आइतवार तीन मन्त्रीहरुले राजीनामा दिएका हुन् । केन्द्रमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि त्यसको असर प्रदेशहरुमा परेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै त्यसको प्रत्यक्ष असर प्रदेशमा समेत परेको छ ।
यसअघि शुक्रवार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै तीन मन्त्रीहरुले राजीनामा दिइसकेका छन् ।
शुक्रवार बागमती प्रदेशका उद्योग,पर्यटन वन तथा वातवरण मन्त्री अरुण नेपाल,सामाजिक विकास मन्त्री युवराज दुलाल र आन्तरिक विकास मन्त्री शालिकराम जमकट्टेलले आज मुख्य मन्त्रीलाई राजीनामा बुझाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया