सुजिता थापामगर बनिन् लिभोनको ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ को विजेता

काठमाडौं । लिभोनले ५ महिनासम्म चलाएको ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ को विजेता घोषणा गरेको छ ।

पुस १० गते ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ कलंकी भटभटेनीमा आयोजित अन्तिम विजेता घोषणा समारोहमा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठले अन्तिम विजेताको नाम घोषणा गरेकी थिइन् ।

सो कार्यक्रममा उपस्थित दर्शक तथा ग्राहकहरुमाझ मिस नेपाल श्रेष्ठले सहभागी उपभोक्ताहरुको नाम अँकित कुपनहरुमध्येबाट एकजना भाग्यशाली विजेताको कुपन चयन गरेकी थिइन् । जस अनुसार ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ मा शृङ्खलाको अन्तिम यामाहा फेसिनो १२५ स्कुटर FI काठमाडौं निवासी कुपन नं ९५२० सहित सुजिता थापा मगर विजेता बन्न सफल भएकी हुन् ।


लिभोन केश स्याहारको दायरामा विविध उत्पादनहरु निर्माण गर्न सफल ब्राण्ड भएको र यसले प्रि–वास (क्रिम आयल), इन–वास (स्याम्पू, कण्डिसनर) र पोस्ट–वास (सिरम) जस्ता विभिन्न प्रकारका उत्पादनहरु बजारमा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

लिभोन नेपालले चिरपरिचित डिपार्टमेन्ट स्टोर भाटभटेनीसँगको सहकार्यमा “सिल्की हेयर एण्ड स्मूथ राइड” उपभोक्ता योजना संचालन गर्दै आइरहेको थियो । यस योजना अन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनको स्याम्पू अथवा कण्डिसनरहरु खरीद गर्ने ग्राहकहरु मध्ये एक भाग्यशाली ग्राहकले प्रत्येक महिना यामाहा फसिनो १२५ FI स्कूटी उपहार पाउँदै आएका थिए ।

लिभोनले ५ महिनासम्म चलाएको ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ अभियानको अवधिभरि निकै धेरै उत्साहाजनक सहभागिता पाएको थियो र लिभोनका उपभोक्ताहरूले पनि यस योजनामा ठूलो चासो देखाएको कम्पनीको दाबी छ ।

आफ्नो अन्तिम विजेतासहित, लिभोनले यस प्रतियोगिताको माध्यमबाट कुल ४ यामाहा फासिनो १२५ FI स्कूटरहरू प्रदान गरिसकेको छ । लिभोनले आफ्नो अभियान साझेदारहरु– भटभटेनी सुपरमार्केट र यामाहा नेपालबाट पनि अधिकतम समर्थन प्राप्त गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार लिभोन स्याम्पू र कण्डिसनरहरु विशेष गरेर नेपाली उपभोक्ताहरुलाई मध्यनजर राखेर तयार पारिएका छन् । सल्फेट र पाराबेनमुक्त फर्मुलेसनका यी उत्पादनहरु नेपालभर अन्य उत्पादनहरु क्रिम आयल र सिरमका साथ अत्यन्त सुलभ मूल्यमा स्वाबलम्वी, महत्वाकाँक्षी र स्टाइल–प्रेमी महिलाहरुका लागि उपलब्ध रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?