भान्सामा के पाक्यो ? ब्रोकाउलीका ९ फाइदा थाहा पाउनुहोस्

लोकपथ
0
Shares

काठमाडौं – तपाइको भान्सामा के पाक्यो ? के तपाइले आफू र आफ्नो परिवारको स्वास्थ्यको लागि विभिन्न बहुगुणी तरकारीको लिस्ट बनाउनुभएको छ ? छैन भने आज हामी तपाईलाई विभिन्न पोषकतत्वले भरिएको ब्रोकाउलीका बारेमा जानकारी दिँदैछौँ । हामीले सुनेका छौँ – हामी जस्तो खान्छौँ त्यस्तै बन्छौँ । राम्रो खाना खायौँ भने स्वस्थ हुन्छौँ, नराम्रो खाना खायौँ भने विभिन्न रोगको शिकार बन्न पुग्छौँ । तसर्थ कहिलेकाँहि भान्साको तरकारी फेर्नुपनि स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।

जाडो मौसम अर्थात् नेपालमा अचेल पाईने तरकारी हो – ब्रोकाउली । यस मौसममा पाइने ब्रोकाउली स्वादिलो मात्र हुँदैन  स्वास्थ्यको दृष्टिकोणले पनि निकै फाइदाजनक हुन्छ ।

ब्रोकाउलीले क्यान्सरबाट बचाउन मद्दत गर्छ । ब्रोकाउली आइरन, प्रोटिन, क्याल्सियम, काब्र्रोहाइड्रेट, क्रोमियम, भिटामिन ए र सी को राम्रो स्रोत हो ।

यसको अतिरिक्त ब्रोकाउलीमा फिटाकेमिकल्स अधिक मात्रामा हुन्छ । जब यसलाई चपाइन्छ, यसमा भएको इन्जाइम शरिरको सिस्टमको हिस्सा बन्छ । यो हर्मोनले क्यान्सरबाट बचाउँछ ।

मानव शरीरले पनि यो हर्मोन निर्माण गर्छ तर जब ब्रोकाउलीले त्यस हर्मोनको श्राव गर्छ तबमात्र त्यो हर्मोन सक्रिय हुन्छ । धेरै शोधले यो कुरालाई सावित गरिसकेको छ । ब्रोकाउलीले शरिरमा क्यान्सरको कोशिकाको निर्माण हुनबाट रोक्छ । ब्रोकाउलीमा भएको तत्व शरिरको डिटक्सीफाई हुनमा सहयोग गर्छ । यसले शरिरबाट विषालु पदार्थ बाहिर निस्कन्छ । यसबाट हामी नराम्रो ब्याक्टेरियाबाट बच्न सकिन्छ । ब्रोकाउलीमा फोलिक एसिड, पोटासियम तथा फाइबर प्रचुर मात्रामा पाइन्छ ।

यसमा पाइने एन्टिअक्सिडेन्टले गर्दा शरिरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । साथै यसमा पाइने आइसोथायोसाइनेट्सले क्यान्सर उत्पन्न गर्ने कोसिकाको प्रभाव कम गर्न सहयोग गर्ने इन्जाइम निर्माणमा पनि सघाउ पुर्‍याउँछ । ब्रोकाउलीले स्तन क्यान्सर, आन्द्राको क्यान्सर, मृगौलामा हुने क्यान्सर, ब्लडरमा हुने क्यान्सर तथा प्रोस्ट्रेट क्यान्सरबाट बचाउँछ । यसका साथै ब्रोकाउली खाँदा अन्य थुप्रै किसिमका फाइदाहरु मिल्छ ।

१.प्रतिरक्षा शक्ति : 

ब्रोकाउलीको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ जसले गर्दा रोगहरुसँग लड्न र प्रतिरक्षा गर्न सक्छ ।

२. मधुमेहबाट जोगाउँछ : 

ब्रोकाउलीको नियमित सेवनले मधुमेहबाट पनि बचाउँछ । ब्रोकाउलीमा पाइने एन्टिअक्सिडेन्ट तथा फाइबरले रगतमा चिनीको मात्रा उचित राख्न सहयोग गर्छ । जसकारण मधुमेहको खतरा कम हुन्छ । यसमा पाइने क्रोमियमले मधुमेह हुनबाट रोक्छ ।

३.आँखालाई फाइदा : 

ब्रोकाउलीको सेवनले मोटाइब्स र मांसपेशी अन्धोपन जस्ता समस्याहरुबाट जोगाउन सहयोग गर्छ । बेटा केराटाइन नामक पोषक तत्वले गर्दा आँखामा मोतिविन्दु र मस्कुलर डिजेनरेसन हुनबाट पनि रोक्छ ।

४.छालाको हेरचाह : 

ब्रोकाउली छालाको लागि निकै राम्रो मानिन्छ । ब्रोकाउलीको सेवनले छालाको क्यान्सरको खतरा कम गर्छ र विकिरणहरुको प्रभाव घटाउँछ जसले गर्दा छाला डढ्ने समस्या घट्छ । यसमा पाइने सल्फोराफेन नामकोे तत्वले ब्रोकाउली शरिरमा रगड्दा छालाको क्यान्सरको जोखिम कम गर्छ ।

५. स्तन क्यान्सरबाट बचाउँछ : 

ब्रोकाउलीमा पाइने यौगिक सल्फोराफेनले स्तन क्यान्सरको कोसिकाहरु बढ्न कम गर्छ । स्तन क्यान्सरको प्रारम्भिक चरणमा यसको सेवनले निकै फाइदा पुर्‍याउँछ ।

६. उच्च रक्तचाप कम गर्छ : 

ब्रोकाउली भिटामिन सी र क्याल्सियमको राम्रो स्रोत हो । यसमा पाइने सल्फोराफेनले उच्च रक्तचाप कम गर्छ । साथै मुटुको रोग कम गर्छ ।

७.फोक्सोलाई फाइदा : 

मानव शरिर तन्दुरुस्त राख्न फोक्सोले निकै महत्वपुर्ण भूमिका खेल्छ । ब्रोकाउलीको नियमित सेवनले संक्रमित तथा बिग्रेको फोक्सोलाई सजिलै स्वस्थ तथा तन्दुरुस्त बनाउन सक्छ । ब्रोकाउलीले फोक्सोमा भएको किटाणुहरुलाई बाहिर निकाल्ने काम गर्छ र फोक्सो सम्बन्धी विभिन्न रोगहरुबाट छुटकारा पाउन मद्दत गर्छ ।

८. हड्डी बलियो बनाउँछ : 

ब्रोकाउलीमा क्याल्सियम, फोस्फोरस, म्याग्नेसियम र जिंक पाइन्छ । जसले गर्दा शरिरको हड्डीलाई मजबुत बनाउँछ । यसमा पाइने भिटामिन सीले शरिरमा तन्तु तथा हड्डीको लागि चाहिने तत्व उत्पादनमा पनि सहयोग गर्छ ।

९. घाउ चाँडो निको पार्छ : 

ब्रोकाउलीमा बायोएक्टिभ कम्पाउन्डले शरिरमा हुने संक्रमणलाई रोक्न सहयोग गर्छ । घाउहरु सुन्निन र संक्रमण हुन दिँदैन् र घाउ पनि चाँडो निको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?