यसकारण गर्न हुँदैन आफ्नै गोत्रभित्र विवाह 

लोकपथ
0
Shares

काठमाडौं – यो निकै विवादीत विषय हो । नेपाली समाजमा बहुजातिका मानिस बसोबास गर्दछन् । बहुजाति मानिसका छुट्टै संस्कार र संस्कृति छन् । त्यसैले कुनै समूदायमा बर्जित गरिएको कुरा कुनै समूदायमा राम्रो रुपमा समेत लिईन्छ । जस्तो कि विवाह संस्कार ।

कुनै समूदायमा नजिकको नातामा समेत विवाह हुन्छ वा हक नै लाग्छ भन्ने मान्यता छ भने कतै त्यो कार्य पूर्ण रुपमा बर्जित छ । दण्डनिय छ ।
हिन्दू धर्ममा एकै गोत्रमा विवाह गर्न नहुने मान्यता छ ।

यस्तै अनुसन्धानहरूले व्यक्तिलाई जेनेटिक रोग नलागोस् भनी सेपरेसन अफ जीन्स अर्थात् नजिकैको नातेदारसँग विवाह गर्न नहुने सुझाव दिएका छन् ।

नातेदारहरूमा जीन सेपरेसन अर्थात् विभाजन हुन पाउँदैन । यसो गर्दा के हुन्छ ? 

एउटै गोत्रमा विवाह गर्ने जोडीको बच्चामा वंशाणुगत जेनेटिक रोग लाग्छ अनि उनीहरूमा कलर ब्लाइन्डनेस अर्थात् रंग नचिन्ने रोग पनि लाग्छ ।

यस्तो जोडीको बच्चामा विचारधारा, रुचि र व्यवहारमा कुनै नयाँपन हुँदैन । बच्चामा रचनात्मकता हुँदैन ।

उनीहरूको मानसिक विकास पनि हुँदैन । तर अन्तरजातिय विवाहबाट जन्मिएका कुनै बालबालिका निकै तिक्ष्ण बुद्धि र स्वभावका हुन्छन् ।

आफ्नै परिवारभित्र विवाह नगरेका परिवारमा जन्मिएका बच्ना अन्यभनदा फरवार्ड हुन्छन् ।

‘मानसिक रोग, शारीरिक समस्या, अंगहरूको उचित विकास नहुने समस्या र अनेकथरी वंशाणुगत रोग त्यस्ता बच्चालाई लाग्छन् ।’ अनुसन्धानमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?