काठमाडौं । संसार अनौठो रहस्यले भरिएको छ ।
यस्तै अनौठो कहानीको बारेमा आज हामी तपाईलाई जानकारी दिनेछौँ । भारतका जंगल सालिकराम पादरी बजारका एक व्यक्ति बेचन सिंह १८ वर्ष पहिला आफ्नो परिवारको पालन पोषणका लागि भन्दै पञ्जाव गएका थिए ।
उनले त्यहाँ मिहेनत गरे । तर उनी घर फर्किन पाएनन् ।
किनभने उनले त्यहाँ पनि परिवारलाई खुशी पार्न सक्ने पैसा कमाउन सकेनन् ।
श्रीमान घर नफर्किएपछि मृत्यु भयो भन्ने सोचेर श्रीमती र छोरीले उनको पुत्ला बनाएर अन्तिम संस्कार गरिदिए । तर उनी हालै घर फर्किएपछि सबे अचम्मित बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया