काठमाडौं – तपाईको घरमा के कस्ता बोटबिरुवा छन् ?
तपाईको घरमा भएका बोटबिरुवाको कारणले पनि तपाईमा सकारात्मक उर्जा उत्पन्न हुन्छ । त्यतिमात्रै होईन तपाईको घरमा भएका बिरुवाका कारण तपाईले कति कमाउनुहुन्छ ? वा तपाईको व्यापार व्यवसायमा यी विरुवाले के कस्ता फाइदा वा घाटा गर्छन् ? त्यो पनि अर्थ राख्दछ ।
वास्तुशास्त्रका अनुसार केहि त्यस्ता रूख र बोटहरू छन् जसको प्रयोगले घरको आम्दानी बढाउन सकिन्छ । सुख शान्ति र समृद्धि हासिल गर्न सकिन्छ । शास्त्रका अनुसार ति ५ रूख र बोटहरू यस्त छन् ।
मनी प्लान्ट :
मनी प्लान्टका बोटहरू लामो समयदेखि सबैका लागि मनपर्दो बोटका रूपमा देखिएका छन् । यो अति नै सुन्दर र कोमल हुन्छ । यसले वातावरणलाई शुद्ध पार्ने काम गर्दछ । मनी प्लान्टलाई इग्निस कोणमा राख्न उपयुक्त हुन्छ । यस दिशामा यो प्लान्ट राम्रो फुल्छ पनि । घरमा मनी पलान्टका बिरूवाहरू राख्ने गर्नाले तपाईंको घरमा पैसाको कहिल्लै पनि कमी हुँदैन भन्ने विश्वास गरिन्छ । तपाईले चाहनुभएको सकारात्मक कामको लागि होस् वा अन्य कुनै पनि कार्यको लागि तपाईको घरमा पैसाको खाँचो पर्दैन ।
मनी ट्री :
अचेल अनलाईन मार्केटिङबाट पनि अत्याधिक बेचिने ट्री हो मनी ट्री । पैसाको बोट नामले चिनिने यो बिरुवा आजकल धेरै लोकप्रिय भइरहेको छ । चिनियाँ फेङ्गशुई र वास्तुमा धेरै विशेष मानिने यसको मूल अमेरिकामा छ ।
शमी रूख :
वास्तु हिसाबले यस रुख तपाईको घर वरपर हुनु आवश्यक छ । यो धेरै विशेष मानिन्छ । शमी रूख शंकरजीको सबैभन्दा प्रिय मानिन्छ । यस्तो विश्वास गरिन्छ कि घरमा शमी रूख रोप्नाले सम्पूर्ण गरिबी हटेर जान्छ। पैसाको अभावका कारण तपाईको घरमा काम रोकिने अवस्था आउँदैन । यदी यो रुख रोप्न समस्या छ भने प्रत्येक सोमबार शिवलाई शमीको फूल र पातहरू चढाउँदा तपाईंको घरमा खुशी र समृद्धि आउँछ । विकिपिडियाले शमी रुखबारे लेखेको छ – ‘नेपालीमा शमी भनिने रूख वृक्षलाई बाइनोमियल नोमेनक्लेचर अनुसार फिकस बेन्जामिना भनिन्छ । यो वर फिकस बेन्गालेन्सिस कै परिवारमा पर्ने एउटा रूख हो । यो रूख मुख्य रूपमा दक्षिणी तथा दक्षिण-पूर्वी एसिया र अस्ट्रेलियाम पाइन्छ । यो रूख ३० मिटरसम्म अग्लो हुन्छ । यो वृक्षलाई हिन्दू धर्मावलम्बीहरू पूजा गर्दछन् । यो रूख नेपालको पहाडी तथा तराई भेगमा पनि पाइन्छ ।’
अश्वगन्धा बोट :
औषधिय गुणले भरिपूर्ण यो वनस्पति तपाईको घरमा रोप्नुभएको छ ? वास्त्शास्त्र मान्नुहुन्छ भने यो विरुवाले तपाईको परिवारमा फलिफाप गराउँछ । घरमा अश्वगन्धाको रूख रोप्नाले सुख शान्ति र समृद्धि आउँछ । विज्ञानले प्रमाण्ति गरेको छ यसका धेरै अन्य फाइदाहरू रहेका छन् । अश्वगन्धाका फूलहरूलाई पनि पूजाआजामा प्रयोग गर्ने गरिन्छ। विकिपिडियाले अश्वगन्धाबारे लेखेको छ ‘अश्वगन्धा उष्ण क्षेत्रमा पाइने बुट्यान वर्गको वनस्पति हो । यसको बोट तीनदेखि पाँच फिट अग्लो हुन्छ । झण्डै आँक जस्तो देखिने अश्वगन्धाको पात सेता झुसले ढाकेको ४ देखि ६ इन्च लामो हुन्छ । अश्वगन्धामा कार्तिक महिनामा गुच्छाको रूपमा फूल फुल्ने गर्दछ । प्राय प्रत्येक गुच्छामा ५ वटा फूल हुन्छ । यसको चोपयुक्त जरा आधा देखि एक फिटसम्म लामो एक(डेढ इन्च मोटो हुन्छ । बाहिर खरानी रंगको यसको जरा, भित्र सेतो रंगको हुन्छ । जराबाट घोडाको गन्ध आउने भएकोले नै यसलाई अश्वगन्धा भनिएको हो । आयुर्वेदमा यसलाई नसायुक्त औषधिको रूपमा वर्गीकरण गरिएको छ ।’
यौन र बीर्य दुर्बलता तथा नपुंसकता,मुर्छा पर्ने, भ्रम र अनिद्रा, बाथ र नशारोग, शारीरिक कमजोरी, गर्भाशय र योनी सुन्निएको, योनीबाट सेतो पानी बग्ने, स्त्रीले गर्भधारण गर्न नसक्ने, अजीर्ण(अपच, भोक नलाग्ने, पेट दुखेको, क्षयरोग, बच्चा दुब्लाउँदै जाने, श्वासप्रश्वासको समस्या, उच्च रक्तचाप, रक्त बिकार आदि रोगहरुको उपचारमा यसको जराको चूर्ण सेवन गरिन्छ तथा पातलाई चिया जस्तै पकाएर खाइन्छ ।
श्वेटार्क :
नेपाली समाजमा अलि नौलो नाम हो श्वेटार्क । छिटफूट रुपमा कसैको घरमा देखिएपनि प्रायजसो नर्सरीमा यो विरुवा पाईँदैन । गणेशको प्रतीक मानिने यो दुधको बोट हो र यसलाई राम्रो भाग्यको सूचक पनि मानिन्छ । तर वास्तुशास्त्रले भनेको छ कि कुनै सेतो पदार्थ निस्कने बिरुवा घरमा राख्नु हुँदैन । त्यसैले तपाईं यसलाई घरको सट्टा बार्दली वा बरान्डामा राख्न सक्नुहुन्छ ।(एजेन्सीको सहयोगमा/सबै तस्वीर गूगलबाट )
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया