काठमाडौं – के तपाईले आफ्ना घर अगाडी के कुरा राख्ने के नराख्ने भन्नेबारेमा कहिल्यै हेक्का राख्नुभएको छ ? हामीले जानेर वा नजानेर गरेका यी यस्ता क्रियाकलापले हाम्रो प्रगतिमा समेत वाधा पुर्याइरहेको हुन्छ ।
तपाईले भन्नुहोला घरभित्रको सबै कुरा वास्तुशास्त्र अनुसार नै छ ।
तर त्यसो होईन ।
हामीले घरभित्र मात्र होइन घर बाहिरका सामाग्रीले समेत वास्तु दोष उत्पन्न गराउँछन् । वास्तु जानकार भन्छन्, ‘वास्तुदोष उत्पन्न गराउन घर आसपासमा भएका वस्तु कारक रहने गर्दछन् ।’
वास्तुदोषको कारणले शारीरिक कष्ट, आर्थिक व्ययभार , पारिवारिक सम्बन्धमा दरार, परिवारका सदस्यबीच मनमुटाव, अशान्ति निम्त्याउने गर्दछ ।
कतिपय अवस्थामा वास्तुदोषकै कारण मानसिक समस्या समेत निम्तन्छ । के हुन् त ति १० कुरा जुन घर आसपासमा हुँनुहुँदैन ।
१. पानी जम्ने स्थान : हुन त यो विषय तपाईले जग्गा खरिद गर्दा नै ध्यान पुर्याउनुपर्छ तर घर बनाईसक्नुभएको छ तर घर अगाडी फोहोर पानी जम्ने स्थान छ भने त्यसलाई तत्काल हटाउनुहोस् ।पानी जम्ने भाग घरको पश्चिम दिशातर्फ भए धनको हानी हुने तथा बदनामी हुने कारणले यस्तो कुरामा विचार पुर्याउनुपर्छ ।
२. काँडेतार : यदी घर अगाडी काँडेतार र काँडाभएको बिरुवा लगाउनुभएको छ भने त्यो वास्तुसम्वत् छैन । यसो हुँदा नकारात्मक शक्ति प्रसार हुनसक्छ । तपाईंका विरोधीको संख्या बढ्ने संभावना रहन्छ । काँडा भएका विरुवाका कारण पारिवारिक जीवनमा मतभेद बढ्ने र स्वास्थ्यमा हानी पुग्दछ ।
३. ढुंगा : घर अगाडी लामो समयसम्म ढुंगा जम्मा पारेर राख्दा पनि वास्तु दोष हुने गर्दछ । कुनै काम विशेषका लागि ढुंगा ल्याउनुभएको छ भने तत्काल काम सकि त्यो ढुंगा पन्छाउनुहोस् । वास्तु विज्ञान अनुसार यसरी असरल्ल र भद्रगोल पारेर राख्दा जीवनमा हुने प्रगति रोक्छ ।
४. फोहोर थुपार्न/ डस्टविन : आफ्नो घर अघि अग्रभागमा कहिलयै डस्टबिन देखिने गरी राख्नुहुँदैन । वास्तु विज्ञान अनुसार यसो गर्दा जीवन कष्टप्रद हुन्छ ।
५. बिजुलीको खम्बा : घरको मुख्यद्धारको सम्मुखमा वा घरबाट बाहिर निँस्कदा बिजुलीको खम्बा देखिन्छ भने त्यो अशुभ हुन्छ । यस्तो हुनुलाई वास्तुशास्त्रमा उन्नतिको बाधक मानिन्छ ।
६. रुख : घर अगाडी बाक्लो रुखहरु हुनु वा उजाड रुखहरु हुनु समेत वास्तु दोषको कारक मानिन्छ । अझ घर अघि बेलको रुख हुनु अझ उक्त रुखले घरको उचाई नाघ्नु हानिकारक मानिन्छ । उजाडिएको रुखले वितृष्णा उत्पन्न गराउनुको साथै मनोबल गिराउँछ ।
७. सडक : वास्तुविज्ञान अनुसार घरको दलानभन्दा घरबाहिरको सडक अग्लो हुनु कष्टकारी मानिन्छ । यसो हुँदा भय, त्रास बढ्छ ।
८. सेतो चोप निस्कने रुख : वास्तुविज्ञान अनुसार घर अघि सेतो चोप निस्कने रुख हुनु समेत हानिकारक मानिन्छ । तर श्वेटार्क राख्नु शुभ मानिन्छ । नेपाली समाजमा अलि नौलो नाम हो श्वेटार्क । छिटफूट रुपमा कसैको घरमा देखिएपनि प्रायजसो नर्सरीमा यो विरुवा पाईँदैन । गणेशको प्रतीक मानिने यो दुधको बोट हो र यसलाई राम्रो भाग्यको सूचक पनि मानिन्छ ।
यसका साथै घरमा मनी प्लान्ट, मनी ट्री , शमी रूख, अश्वगन्धा बोट, श्वेटार्क हुनु राम्रो मानिन्छ । यी बोटविरुवा घरैभित्र रोप्दा पनि लाभदायक मानिन्छ ।
९. जुत्ताचप्पल : घरअगाडी वा तपाईको घरमा प्रवेश गर्ने स्थानमा जुत्ताचप्पल राखिएको छ भने त्यो पनि अशुभ हुन्छ भनिएको छ । त्यसैले घरको मूलढोका अगाडी जुत्ताचप्पल नराख्नुहोस् ।
१०. लुगा सुकाउने /डोरी : घर अगाडीको स्थामा लुगा सुकाउने गर्नु वा डोरी टाँग्नु वास्तुअनुसार राम्रो मानिन्न । सुख शान्ति र समृद्धिका लागि यि कार्य नगर्नु नै बेश हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया