काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पो प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पदको भाग बाढ्न उद्धत रहेको आरोप लगाएका छन् ।
मंगलवार संसद विघटनविरुद्ध प्रचण्ड(नेपाल समूहले गरेको विरोध सभालाई सम्बोधन गर्दै त्यस्तो आरोप लगाएका हुन् ।
“उनलाई रहर छ कि पद बाड्ने । ओलीले पदको ललिपप बाँढिरहेका छन् । मन्त्री बनाइदिन्छु । मान्छे मुखबाट र्याल चुहाउन थाल्छन मन्त्री पाउँछुकी भनेर ।” उनले सभालाई सम्बोधन गर्दै भने ।
त्यस्तै मानिसहरुलाई विभिन्न पदको लोभ देखाएर प्रधानमन्त्री ओलीले सत्ता टिकाइरहेको समेत आरोप लगाए । साथै उनले बालुवाटारमा भएको नेकपाको बैठकलाई सानो गुटको भेलाको संज्ञा दिएका छन् । आधिकारीक नेकपा कार्की ब्यांकेटमा भेला भएको नेकपा भएको दाबी गरे।
त्यस्तै उनले सुर्य चिन्ह आफ्नो पक्षको भएको दाबी गरेका छन् । आफूहरुसँग बहुमत सदस्यहरु रहेको बताउँदै उनले त्यस्तो दाबी गरे ।
प्रतिनिधि सभा भंग भएपछि प्रधानमन्त्री काम चलाउ मात्र हुने तर ओलीले कुनै विज्ञप्ति निकालेर काम चलाउ मात्र भएको नबताएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया