काठमाडौं, ५ चैत – कालजयी गीत गाउने गायिका कमला श्रेष्ठको निधन भएको छ ।श्रेष्ठ वि.सं. २०२४ मा रेडियो नेपालमा नौगेडीको माला मेरो बोलको गीत गाएर प्रथम भएकी थिइन् । उनको ६९ वर्षको उमेरमा निधन भएको हो ।नेपाली संगीत क्षेत्रमा उनले गाएका परदेशी बाबु आगनमा दिनुहुन्न बास, सल्लाई हो जोवन कल्लाई हो, सहि दिन्छु कुट बरु बोलीले नकुट, ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस् लगायतका गीत चर्चामा छन् ।श्रेष्ठले नारायण गोपाल र गोपाल योञ्जनसँग थुप्रै गीत गाएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया