८० फीट माथिबाट खसिन् युवती, ११ घण्टासम्म भयो सर्जरी

लोकपथ
0
Shares

काठमाडौं । सोसल मिडियामा अहिले महिलाले गरेको खतरनाक स्टन्टवाला तस्वीर भाइरल बनिरहेको छ । उक्त भाइरल तस्वीरमा एक महिला धेरै अग्लो स्थानबाट स्टन्ट देखाइरहेकी छन् । तर यसो गर्नु उनका लागि घातक साबित भयो ।

उनी स्टन्ट देखाउने क्रममा पूर्ण रुपमा घाइते भइन् । उनको ज्यान त बच्यो त र तीन देखि चार वर्षसम्म उनी कतै हिँड्न नसक्ने भइन् । २३ वर्षीया एलेक्सा टेरेसस आफ्नो घरको छैटौँ तलाबाट रेलिङमा झुन्डिँदै योगा गरिरहेकी थिइन् ।

त्यहि बेला उनको खुट्टा खुस्कियो र उनी ८० फीट तल खसिन् ।

उनलाई तत्काल अस्पताल पुर्याइयो ।

उनको अस्पतालमा करिव ११ घण्टासम्म सर्जरी चल्यो ।

सोसल मिडियामा भाइरल बनिरहेको फोटोमा उनले खुट्टाले झुन्डेर योगा गरिरहेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?