वि.सं. २०७७ साल पौष १६ गते । बिहीबार । इ.स.२०२० डिसेम्बर ३१ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । पौष कृष्णपक्ष । तिथी– प्रतिपदा,०९ बजेर १९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–पुनर्वशु,२० बजे १२ मिनेट उप्रान्त तिष्य । योग– ऐन्द्र,१५ बजेर ४५ मिनेट उप्रान्त विष्कुम्भ । करण–कौलव,०९ बजेर १९ मिनेट उप्रान्त तैतिल,२१ बजेर २४ मिनेट उप्रान्त गर । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–मिथुन,१४ बजेर ०२ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेटमा,सूर्यास्त १७ बजेर १७ मिनेटमा । दिनमान २५ घडी ५४ पला । कोका कौशिका संगममा मेला । राष्ट्रिय मेलमिलाप दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दाजुभाई,आफन्त तथा छिमेकीसँगको सम्वन्धमा चिसोपनाको विकास हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । लेखन तथा साहित्यमा बाकी रहेको काम थाती रहनेछ । व्यापारमा लगानीको अभावले आम्दानीमा कमि हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्यमय रहेकोछ । आट गर्न नसक्दा हातमा आईसकेको काम फुत्किनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
वन्द व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । साझपख यात्रा गर्दा गर्दा ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
राजनीतिकर्मी तथा समाजसेवी हरुले जनताको काम गरी नाम कमाउन सक्नेछन् । नोकरिमा सहकर्मिहरुलाई पछी पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेकोछ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लामो दुरिको यात्राको लागी समय उत्तम रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जाने तथा बिदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागी समय फलदायि रहनेछ । खानपामा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापार व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । बौद्धिक कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रशन्न हुनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुदा गुरुवर्ग तथा आफन्तहरु खुसि हुनेछन् । दाजुभाई तथा अग्रजहरुको सहयोग पाईनाले नयाँ काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । साझपख लामो दुरिको यात्रा हुने योग रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
सरकारी तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नुपर्नेछ भने सरकारी ओहोदामा बसेर सेवा प्रबाह गर्नेहरुले दुख दिन सक्छन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिय पनि आम्दानी कमै हुँनेछ । पढ्न लेख्नमा मन नजाने हुनाले अरुभन्दा पछी पर्ने अधिक सम्भावना रहेकोछ । पारिवारिक सम्बन्धमा चिसोपनको महशुष हुनेछ भने आफन्तहरु टाडिने हुँदा मन खिन्न रहनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सानो प्रयत्नले राम्रा तथा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । पढाइ लेखाइको लागी समय उत्तम रहेकोछ भने खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्वन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धार्मिक यात्रा हुने प्रवल सम्भावना रहेकोछ । साझपख काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । साझपख समय मध्यमय रहेकोले गोप्य रिपोर्टहरु बाहिर आउने तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धोका तथा मनमुटाब सिर्जना हुने योग रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
घुमफिर तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । व्यापारमा मन्दी आउँने तथा साझेदारि व्यावसायमा लगानी कर्ता बीच कुरा नमिल्दा समस्या उत्पन्न हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मनमुटाब बढ्नेछ तथा घर परिवारमा राय बाजिनेछ । पढाइ लेखाइमा मन जानछैन । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग गर्र्दा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफुतिर नै ल्याउन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । प्रेममा रमाउन चाहनेहरुको लागी समय उत्तम रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले व्यापार व्यावसायमा मन्दी आउने समय रहेकोछ । अवसरवादीहरुको चंगुलमा परिनेछ ध्यान दिनुहोला । न्यालयबाट न्याय पाउन कठिन रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । शेयर बजार तथा व्यापार व्यावसाय अरु दिन भन्दा सुधार भएर जाने हुनाले दैनिकी सुदृड हुनेछ । चिठ्ठा पर्ने तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । माया प्रेममा नजिक हुने तथा मायाको डोरो कसिलो भएर जानेछ । सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । साझपख समय मध्ययम रहेकोले प्रतिस्पर्धामा सहभागी नहुनु नै राम्रो रहनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
राजनीति तथा सामाजिक काममा हतारमा निर्णय गर्दा आलोचना हुनेछ । अन्य व्यापार व्यावसायमा मन्दी आउने भएपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्त तथा परिवारलाई समय दिन नसक्दा तपाईँदेखी रिसाउनेछन् । प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ । साझपख समय उत्तम रहेकोले अध्ययनमा मन जानेछ । भौतिक सम्पती उपाहारको रुपमा प्राप्त हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया