‘एटीएम’मा राखेको १२ लाख रुपैयाँ मुसाले काटिदिएपछि…

काठमाडौं । धेरै मानिसहरुलाई लाग्छ होला मुसाले घर र पसलहरुमा मात्र हैरान बनाउँछ । तर होइन, खाने पिउने बाहेक अन्य कुराहरुबाट पनि मुसाले हैरान बनाउने गर्दछ ।

अहिले मुसाले एटीएममा राखेका १२ लाख रुपैयाँ पैसा काटेको फोटो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

यो फोटो खुसेन्द्र शर्मा नामका एक व्यक्तिले सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

उनले क्याप्सनमा लेखेका छन्,’एक अनौठो ब्रेकिङ न्युज, गुहावटीमा एक एटीएम मेसिनमा १९ मे का दिन २९ लाख ८४ हजार रुपैयाँ राखिएको थियो । टेक्निक खराबीका कारण मेसिन २० मेदेखि १० जूनसम्म बन्द भएको थियो । जब ११ जूनको दिन मेसिन बनाएर खोल्दा यस्तो घटना देखियो ।’

अहिले सामाजिक सञ्जालमा यो फोटो अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?