यो समुदायका मानिस पूरा शरीरमा लेख्छन् रामराम, तर गर्दैनन् मूर्ति पूजा

काठमाडौं । हिन्दू धर्ममा भगवान रामको नाम विशेष रुपमा लिइन्छ ।

घरका वृद्धवृद्धा मानिस हरेक शब्दमा रामनाम जपेर बस्छन् । यसैबीच एउटा यस्तो पनि स्थान छ जहाँका मानिसको शरीरभर नै रामनाम लेखिएको हुन्छ । तर उनीहरु मन्दिर गएर मूर्ति भने पूज्दैनन् ।

भारतको छत्तिसगढस्थित रामनामी सम्प्रदायले यस्तो गर्ने गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । यो समूदायको स्थापना १८९० को आसपासमा भएको थियो । यो करिव सैकडौँ वर्ष यता यो परम्परा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?