सडक खन्ने क्रममा ११५ कङ्काल भेटिएपछि !

लोकपथ
0
Shares

काठमाडौं । युरोपमा सडक खन्ने क्रममा ११५ वटा कङ्काल भेटिएपछि सबै त्रसित बनेका छन् ।

उक्त मानव कंकाल मध्ये ७० वटा कङ्काल बच्चाका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । उक्त सबै कंकाल १६ औँ शताब्दीका भएको बताइएको छ ।

उक्त भेटिएका कङ्कालको मुखमा सिक्काहरु रहेको बताइएको छ । उक्त सिक्काहरु मृतकको मुखमा राख्दा मुक्ति मिल्ने प्रचलनले राखिएको हुन सक्ने विज्ञहरुले बताएका छन् ।

सडक निर्माण भइरहेको ठाउँमा १६ औँ शताब्दीको चिहान राख्ने ठाउँ भएको पाइएको छ । यो सडक ग्रीसलाई लिथुआनियामा जोड्ने महत्त्वपूर्ण सडक परियोजना हो।

सबै कङ्कालको मुखमा एक एक वटा सिक्काहरु रहेको पाइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?