विश्वले भुल्न नसक्ने दुई महान हस्ती अस्ताएको वर्ष

काठमाडौं । दूरदर्शिता र गतिको दुर्लभ संयोजन भएका कमजोरीयुक्त महान् खेलाडी डिएगो म्याराडोना २०२० मा यस संसारबाट बिदा भए । त्यस्तै, बास्केटबल भन्ना साथ प्रशंसकहरुको मुखमा झुन्डिने नाम हो कोबे ब्रायन्ट । वर्ष २०२० ले विश्व खेलकुदका दुई महान हस्तीलाई पनि गुमाउनु पर्‍यो ।

म्याराडोनालाई त विश्व फुटबल देखेको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट खेलाडी मानिन्छ । अनि उत्तिकै लोकप्रिय र विवादास्पद पनि । सन् १९८६ को विश्वकपमा उनकै जादुयी खेलले अर्जेन्टिना उपाधि जित्न सफल रहेको थियो । प्रतिभावान् फुटबल खेलाडीमध्येका एक डिएगो म्याराडोनामा कुशलता, रबाफ, आकर्षण, दूरदर्शिता र गतिको दुर्लभ संयोजन थियो। ती गुण देखेर प्रशंसकहरू मन्त्रमुग्ध हुन्थे ।

डिएगो म्याराडोना

उनी अनेकौँ विवादमा परे । लागुपदार्थ दुर्व्यसनमा परे र मैदानबाहिर निजी सङ्कटको दलदलमा पनि फसे ।

  यो पनि पढ्नुहोस्  : अस्ताए फुटबलका महान तारा, डिएगो म्याराडोनाको निधन

छोटा-मिठा फुटबल प्रतिभा : 

विश्वकप उचाल्दै डिएगो म्याराडोना

उनी ६० वर्षअघि आर्जेन्टिनाको राजधानी बोएनोस आइरिजको गरिब बस्तीमा जन्मिएका थिए।

कलिलो उमेरमै गरिबीबाट मुक्त भएर म्याराडोना फुटबलका सुपरस्टार बने जसलाई कतिपयले ब्राजिलका पेलेभन्दा पनि महान् ठान्ने गर्छन् ।
उनले ४९१ वटा खेलमा २५९ गोल गरे ।

डिएगो म्याराडोना

फुटबलको अन्तर्राष्ट्रिय प्रशासनिक निकाय फिफाद्वारा मतदान नियम परिवर्तन गरेर दुवै खेलाडी सम्मानित हुनुअघि उनले २० औँ शताब्दीका महान् खेलाडी निर्धारण गर्न आफ्ना दक्षिण अमेरिकी प्रतिस्पर्धीसँगै एउटै पोलमा उभ्याएका थिए।

म्याराडोनाले सानै उमेरदेखि विलक्षण प्रतिभा देखाए। जुनिअर टोली ला सेबोलिटसको नेतृत्व गर्दा उक्त टोलीले अपराजित १३६ वटा खेल खलेको थियो। त्यसपछि १६ वर्ष ४ महिनाको हुँदा उनले अन्तर्राष्ट्रिय खेलमा अवसर पाए ।

डिएगो म्याराडोना

पाँच फुट पाँच इन्चका छोटा र गठिला । तर बल छल्ने कला, फुर्तिलोपन, अवसर छोपाइ, बलमाथिको नियन्त्रण, बल घुमाउँदै पास दिने क्षमताले गतिको कमी र यदाकदाको वजन समस्याको पूर्ति गरेको थियो ।

डिएगो म्याराडोनाको २६ नोभेम्बर मा ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो ।

कोबे ब्रायन्ट :

क्यालिफोर्नियाको क्यालाबास शहरमा हेलिकप्टर दुर्घटनामा परी चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको सहित ९ जनाको मृत्यु भयो । दुर्घटनामा कोबे, उनकी छोरी जियानाको मृत्यु भएको थियो ।

को हुन् कोबे ब्रायन्ट ?

विश्वकै सर्वाधिक लोकप्रिय खेल मध्य एक हो बास्केटबल । प्रशंसक बास्केटबलका स्टार खेलाडीको नाम लिने हो भने कोबे ब्रायन्टको नाम नै मानिसहरुले पहिले उच्चारण गरेको पाईन्छ ।

पाँच पटक नेशनल बास्केटबल असोसिएशन अर्थात् एनबीए च्याम्पियन कोबे ब्रायन्टलाई बास्केटबलको इतिहासमा सबैभन्दा सफल महान् खेलाडीमध्ये एक गनिन्थ्यो ।

ब्रायन्टले आफ्नो २० वर्ष लामो बास्केटबल करियमा सधैं लस एन्जेल्स लाकेर्समार्फत् खेले । सन् २०१६ को अप्रिल महिनामा अवकाश लिएपछि उनले सन् २००८ मा एनबीएका सबैभन्दा महत्वपूर्ण खेलाडीको उपाधि हासिल गरेका थिए । यसका साथै उनले दुई पटक एनबीए फाइनल्समा एमवीपीको उपाधि हासिल गरे ।

कोबेको नाममा दुई पटक एनबीए स्कोरिङ च्याम्पियनको उपाधि र दुई पटक ओलम्पिक खेलमा च्याम्पियन बनेको उपाधि दर्ता छ । कोबेले सन् २००६ मा टोरेन्टो रेपटर्सविरुद्ध एउटा खेलमा ८१ अंक हासिल गर्ने उद्देश्य हासिल गरेका थिए जुन उनको करियरको एक महत्वपूर्ण उपलब्धिमा समावेश छ ।

Wallpaper Kobe Bryant - Google Play मा एपहरू

कोबेको मृत्युपछि मृतक बास्केटबल खेलाडी कोबेप्रति नेयमारले लिलीविरुद्धको खेलमा गरेको गोल समर्पण गरेका थिए । विभिन्न फुटबल स्टार खेलाडीले आफ्नो ट्वीटरबाट समबेदना प्रकट गरेका थिए ।

कोबेका लागि बास्केटबल नै जीवन थियो : 

बास्केटबल जगतका ‘स्टार प्लेयर’ कोबेका लागि खेल नै जीवन थियो । बास्केटबलमै आफ्नो खुसी जीवनको लक्ष्य भेट्टाएका कोबेले बास्केटबलका बारेमा कविता समेत लेखेका छन् । आफ्नो बाल्यकालको किस्सा जोड्दै कसरी बास्केटबलप्रतिको लगाव बढ्यो लगायत बास्केटबलको आफ्नो जीवनमा केकस्तो महत्व छ भन्ने कुरालाई शब्दमा उनेर उनले यस्तो कविता रचेका थिए । बास्केटबललाई आफ्नो जविन मानेका कोबेले डियर बास्केटबल शिर्षकमा कविता रचेका थिए ।

कोबेको मृत्युमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, पूर्व राष्ट्रपति बराक ओबामा, नेपालकी राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठ, बलिउडका प्रीति जिन्टा, करण जोहरले शोक व्यक्त गरेका छन् ।

  यो पनि पढ्नुहोस्  : बास्केटबलका ‘स्टार’खेलाडी कोबेको मृत्यु : लेखेका थिए यस्तो भावुक कविता…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?