बेलायतमा १० लाखले पाए फाइजर-बायोएनटेकको खोप

लोकपथ
0
Shares

बेलायतमा हालसम्म झन्डै दश लाख मानिसले फाइजर- बायोएनटेकको कोरोना विरुद्धको खोपको पहिलो डोज लगाएका छन् । बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले डिसेम्बर ३१ साँझसम्म नौ लाख ४४ हजार ५३९ ले फाइजर बायोएनटेक भ्याक्सिनको पहिलो डोज लगाएका जानकारी दिए ।

फाइजर बायोएनटेकको भ्याक्सिनलाई बेलायतले सबैभन्दा पहिला आममानिसमा प्रयोगका लागि अनुमति दिएको थियो । बेलायतमा गत डिसेम्बर ८ तारिखबाट फाइजर भ्याक्सिन वितरण शुरु गरिएको थियो ।

९० वर्षीया मार्गरेट किनन अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप लिने पहिलो व्यक्ति भएकी थिइन् ।

एक व्यक्तिको लागि दुईवटा डोज आवश्यक पर्ने उक्त भ्याक्सिनको दोस्रो डोज पनि लगाउन थालिएको छ । बेलायतले मान्यता दिएको तीन हप्तापछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि फाइजर-बायोएनटेक भ्याक्सिनलाई मान्यता प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?