‘प्रधानमन्त्रीज्यू तपाईंका लागि हामी बालबालिका को हाैं ?’ ओलीको आयो यस्तो जबाफ

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालबालिकासँग लामो अन्तक्र्रिया गर्दै बालबालिका धर्तीको भविष्य भएको बताएका छन् । प्रधानमन्त्री ओलीले बालबालिका आफ्नो मुटुको धड्कन पनि भएको बताएपछि बालबालिका फुरुंग भएका थिए । प्रधानमन्त्री ओलीले बालबालिका राजनीतिमा सरिक हुन नहुने र उनीहरूले पढाइलाई नै मुख्य प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

नेपाल स्काउटले इस्बी संवत्को हरेक नयाँ वर्षका दिन प्रधानमन्त्री र बालबालिकालाई अन्तक्र्रिया गराउँदै आइरहेको छ । सोही कार्यक्रमअनुसार शुक्रबार राजधानीका विभिन्न विद्यालयमा अध्ययनरत स्काउटर बालबालिकाले प्रधानमन्त्री ओलीलाई विभिन्न प्रश्न गर्दै जवाफ मागे । प्रधानमन्त्री ओली नेपाल स्काउटका मुख्य संरक्षक पनि हुन् ।

बालबालिकाले प्रधानमन्त्रीलाई राजनीति, शिक्षा, मुलुकको विकास र समृद्धिका विषयमा विभिन्न जिज्ञासा राखेका थिए । उनीहरूले प्रधानमन्त्रीको ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य कहाँ पुग्यो भन्दै प्रधानमन्त्रीलाई विकासप्रति संवेदनशील बन्न आग्रह गरे ।

एक बालकले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘प्रधानमन्त्रीज्यू तपाईंका लागि हामी बालबालिका को हाैं ?’ प्रश्न सकिन नपाउँदै प्रधानमन्त्रीले भने, ‘बालबालिका मेरो मुटुको धड्कन जस्तै हुन्, आँखाका नानी भने पनि हुन्छ । बालबालिका मेरो प्यारा सन्तति र भविष्यका कर्णधार ।’ राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?