काठमाडौ–तराई मधेस द्रुतमार्ग (फास्टट्र्याक) को सुरुङ निर्माणका लागि ‘प्रि क्वालिफिकेसन’ (पीक्यू) टेन्डरबाट दुई कम्पनी मात्र छानिएका छन् । नेपाली सेनाको निर्माण व्यवस्थापन रहेको फास्टट्र्याकमा सुरुङ निर्माणका लागि पीक्यूमा सहभागी ४३ निर्माण कम्पनीमध्ये एउटा निर्माण प्याकेजमा एक र अर्को प्याकेजमा दुई कम्पनी मात्रै छानिएका हुन् । दुवै प्याकेजमा एउटा कम्पनी दोहोरिएको छ ।
सीमित कम्पनी मात्र सर्ट लिस्टमा परेपछि अन्य कम्पनीले काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजना कार्यालयमा उजुरी दिएका छन् । आयोजनाले सर्ट लिस्टमा परेका कम्पनीको नामसहित पुस १० मा सार्वजनिक सूचना प्रकाशन गरेको थियो । सीमित कम्पनी मात्र सर्ट लिस्टमा परेपछि चार कम्पनीले आफूहरू अयोग्य हुनुको कारण माग्दै पुस १३ मा आयोजनामा उजुरी गरेका हुन् ।
उजुरी गर्नेमा चीनको सिचुआन रोड एन्ड ब्रिज ग्रुप, टर्कीको म्याकोल इन्सट सनयी टुरिजम भी टिकरेट एस, चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड र चाइना फस्ट हाइवे इन्जिनियरिङ कम्पनी छन् । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया