एक महिलासँग दुई पुरुषको दिल बस्यो : डेढ वर्षको डेटपछि तीन जनाको बेबी प्लानिङ

काठमाडौं । फिल्ममा त तपाईले यस्ता घटना देख्नुभएको होला । तर बास्तविक जीवनमा भने यस्ता घटना बिरलै हुने गर्दछन् ।

एउटा घटना अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । एक युवतीसँग दुई पुरुषको दिल बसेको छ । ब्राजिलको यो सीन अनोठो छ तर सत्य हो । दुबैजनाको प्रपोजल महिलाले स्विकारीसकेकी छन् ।

उनीहरु तीनै जना मिलेर बेबी प्लानिङ गरिरहेका छन् । उनीहरु आपसमा बस्नलाई कुनै समस्या नभएको बताएका छन् ।

उनीहरु तीन जनाको नाम डिनो, ओल्गा र सोलो रहेको छ ।उनीहरु एक पटक एकैसाथमा बार्सिलोना फुटबल म्याच हेर्न गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?