काठमाडौं । साताको शुरुको दिन आज (आइतवार) शेयर बजारमा ८८ दशमलव १२ अंकले बृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज कारोबार शुरु भएदेखि तीव्र गतिमा बढ्न थालेको परिसूचक दोहोरो अंकले वृद्धि भइ २ हजार १ सय ७५ अंकमा आएर रोकिएको छ । यो हालसम्मकै उच्च विन्दुमा रहेको नेप्सेले जनाएको छ ।
आज नेपाली बजारमा १ करोड ४० लाख कित्ता सेयर खरिदबिक्री भएको छ । जसको मूल्य ६ अर्ब ३४ करोड रूपैयाँ रहेको छ। यो गत साताको बिहीवारको तुलनामा १ अर्ब ८८ करोड रूपैयाँ बढी रहेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार आज एकैदिन शेयर बजारमा ४ दशमलव २२ प्रतिशतले बृद्धि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया