काठमाडौं । हामीले बच्चादेखि नै सुन्दै आएका छौँ कि जुत्ता तथा चप्पल उल्टो पल्टिएको छ भने त्यसलाई सुल्टो (सीधा) बनाउनुपर्दछ । बाटो तथा आँगन अगाडि उल्टो जुता देखियो भने साइत बिग्रिन्छ भन्ने पनि मान्यता रहेको छ ।
तर ज्योतिष शास्त्रका अनुसार मानव जीवनसँग सम्बन्धित हरेक चीज कुनै न कुनै ग्रहसँग जोडिएका हुन्छन् । यसै क्रममा हाम्रा जुत्ता पनि आउँदछन् ।
ज्योतिष शास्त्रका अनुसार हाम्रा जुत्ताको सम्बन्ध शनी ग्रहसँग हुन्छ । त्यसैले जसलाई शनीको दशा लागेको हुन्छ उनीहरुले जुत्ता दान गर्नु पर्दछ भन्ने मान्यता रहेको छ । जुत्ता कसले कस्तो लगाउने त ? जानौ विशेष जानकारी ।
जुत्ता कसरी राख्ने ?
वास्तु शास्त्रका अनुसार तपाईले आफ्नो घरमा जुत्ता तथा जुत्ता राख्ने र्याक उत्तर–पूर्व दिशामा राख्नु हुँदैन । किनभने सोहि दिशाबाटै घरमा सूर्यको किरण प्रवेश गर्दछ ।
यस्तो अवस्थामा तपाईको जुत्ताले घरमा प्रवेश गर्ने सकरात्मक उर्जामा बाधा पुर्याउन सक्दछ ।
उपहारमा मिलेका र चोरीका जुत्ता लगाउनु हुँदैन
शास्त्रीय मान्यताका अनुसार कहिल्यै पनि उपहारमा मिलेका तथा चोरेर ल्याएका जुत्ता लगाउनु हुँदैन । यसले भाग्यसँग तपाईको मिलनलाई बन्द गरिदिन्छ । व्यक्तिगत भविष्यका लागि पनि उपहारमा मिलेका जुत्ता लगाउनु राम्रो मानिदैन ।
कसले कस्तो जुता लगाउने ?
यदि तपाई बैंकिङ वा शिक्षा क्षेत्रमा काम गर्नु हुन्छ भने तपाईले खेरौ र गाढा पहेँलो रङको जुत्ता लगाउनु राम्रो हुँदैन । यसले तपाईको आम्दानीमा नराम्रो असर पर्न सक्दछ ।
यो क्षेत्रका काम गर्ने व्यक्तिले निलो रङका जुत्ता लगाउन सक्नुहुन्छ । यसले तपाईको व्यक्तित्व र करियरमा राम्रो प्रभाव पर्नेछ ।
यदि तपाई चिकित्सा (मेडिकल) र फलामसँग जोडिएको क्षेत्रमा काम गर्नुहुन्छ भने सेतो रङका जुत्ता कहिल्यै नलगाउनुहोस् ।
यसले आर्थिक क्षति हुन्छ । यो क्षेत्रमा काम गर्ने व्यक्तिले कालो रङको जुत्ता लगाउँदा धेरै राम्रो हुन्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया