काठमाडौं – नेपालमा यतिबेला सबैभन्दा जाडो महिना पुसको मध्य छ । त्यसमाथि पश्चिमी वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बदली भइरहेको छ ।
कतै हिमपात र वर्षा समेत भइरहेको छ । पश्चिमी वायुको प्रभावका कारण देशका हिमाली भेगमा तलैसम्म हिँउ पर्न थालेको छ ।
हिमाली र केही उच्च पहाडी क्षेत्रमा हिमपात भएको मौसमविद् समीर श्रेष्ठ बताउँछन् ।
जाडोमा हामीले स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ । अन्य अवस्था भन्दा यस्तो समयमा शरीरलाई कसरी न्यानो बनाउने भनेर पनि सचेत हुनुपर्छ । धेरै मानिसले जाडोयाममा शरीर न्यानो बनाउने भन्दै मद्यपान गर्ने गरेका छन् ।
यसरी शरीर न्यानो बनाउने भन्दै मद्यपान गर्नुलाई निकै जोखिम हुने चिकित्सकहरू बताउँछन् ।
धुमपान र मद्यपान गर्दा न्यानोको अनुभूति भएपनि त्यो भ्रम मात्र भएको चिकित्सक बताउँछन् ।
त्यतिमात्रै होईन चिकित्सकले खुलाएका छन्, ‘मद्यपानका कारण शरीर चिसोचाहिँ हुन्छ, तातो होइन । यो भ्रम हो । त्यसैले यो मौसममा मद्यपान गरेर सुतेकाहरुको राति नै मृत्यु समेत भएका घटनाहरु समेत हामीले देखेका छौँ । चिकित्सकहरु भन्छन्, ‘यस्तो समयमा मद्यपान गरेर चिसो बाहिर धेरै हिँड्नाले शरीर चिसिने समस्या हाइपोथर्मिया हुनसक्छ । त्यसैले यो विषयमा सावधान हुनुपर्छ ।’
जाडो मौसममा स्वस्थ्य व्यक्तिको शरीरको तापक्रम ३४ र ३५ डिग्री सेल्सियस अर्थात ९९.५ डिग्री फरेनहाइटभन्दा भन्दा तल झरेको अवस्थालाई हाइपोथर्मिया अर्थात् शरीर चिसिने समस्यालाई नै शीताङ्ग भनिन्छ । यस्तो समयमा शरीरका हातखुट्टा मात्रै चिसो नभई श्वासप्रश्वासमा समेत समस्या देखिन्छ । त्यस्तै मुटुको चाल बढ्न गई रक्तचाप अनियन्त्रित हुने गर्दछ । जसबाट व्यक्तिको मृत्युसमेत हुन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया