कस्तो छ प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था ?

लोकपथ
0
Shares
file photo

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की श्रीमती सीता दाहाललाई थप उपचारका लागि नयाँ दिल्ली लैजाने तयारी भइरहेको बुझिएको छ ।

लामो समयदेखि स्वास्थ्य समस्या झेलिरहेकी सीताको स्वास्थ्यमा केही दिनदेखि थप समस्या भएको थियो । अस्वस्थ सीतालाई थप उपचारका लागि भोली सोमबार भारत लगिने पारिवारीक स्रोतको भनाई छ।

दुर्लभ किसीमको पार्किन्सन रोगबाट पीडित सीता दाहाललाई थप स्वास्थ्य समस्या भएपछि गत हप्ता काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।

यसअघि उनको सिंगापुर, अमेरिका र भारतमा उपचार गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?