यस्तो छ सोमवार विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्रीदर ११७ रुपैयाँ ३० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६० रुपैयाँ ४४ पैसा, साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा तथा कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?