यी ५ कुराले सासु-बुहारीको सम्बन्धमा माधुर्यता ल्याउँछ !

काठमाडौं । सासु-बुहारीको नाता आमा छोरी जस्तै हुने गर्दछ । तर कतिपय परिवारमा भने सासु र बुहारीको नाता सोचे जति राम्रो बनिदिँदैन । तर ज्योतीष शास्त्रले भेनका यी उपायहरु अपनाएमा सम्बन्ध सुमधुर बन्न सक्छ ।

१. एक अर्कामा राम्रो मेलमिलाप होस् त्यसका लागि, सूर्योदय भन्दा पहिला घर बडार्ने र घरलाई सफा राख्ने गनुपर्दछ ।

२. यदि बुहारीले प्रत्येक विहन सूर्य भगवानलाई शखर मिश्रित जल चढाएमा सम्बन्ध सुमधुर हुन्छ ।

३. सासुले सम्बन्ध राम्रो बनाउनको लागि मंगलवार सूजीको हलुवा बनाएर मन्दिरमा चढाउनु पर्दछ ।

४. यदि दुबैले सम्बन्ध राम्रो बनाउन घाँटीमा चाँदीको चेन लगाउनु पर्दछ । दुबैले एकअर्कालाई सेतो वस्तु आदानप्रदान गरिराख्दा पनि सम्बन्धमा मिठास आउँछ ।

५. साथै सबैभन्दा महत्वपूर्ण कुरा भनेको सासुले बुहारीलाई आफ्नो छोरी जसरी व्यवहार गर्ने र बुहारीले पनि सासुलाई आफ्नो आमाको जसरी मायाँ गरेमा सम्बन्ध आफैँ सुमधुर बन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?