काठमाडौं – जाडोको महिना । त्यसैमाथि घामको दर्शन गर्न सम्म पनि कठिन छ । के तपाईको वरपर सुन्तला बिक्रिका लागि राखिएका छन् ? पक्कैपनि तपाईको वरपर सुन्तला बिक्रिका लागि राखिएका छन् किनकी यो सिजनमा सुन्तला पाईन्छ । आज हामी तपाइलाई सुन्तला खानुका फाइदाबारे जानकारी दिन गइरहेका छौँ ।
सुन्तला एक रसिलो फल हो । मंसीर महिनादेखि नै यो खानका लागि तयार हुन्छ । त्यसैले जाडो मौसममा न्यानो घाममा बसेर सुन्तला र बदाम खानुको मज्जा बेग्लै हुन्छ । सुन्तला नियमित खानाले स्वास्थ्यमा पनि निकै फाइदा पुग्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउन :
कोरोनाको कहरका कारण एक वर्षदेखि थिलोथिलो भएको सिंगो विश्व अझैपनि पूरानो लयमा फर्कन सकेको छैन । झनै कोरोनाको डरलाग्दो आक्रमणबाट जोगिनका लागि रोग प्रतिरोधात्मक क्षमता आवश्यक पर्छ । त्यसैले पनि यो सिजनमा सुन्तला सेवन गर्नुपर्छ । सुन्तलामा प्रशस्त मात्रामा ‘भिटामिन सी’ पाइन्छ । ‘भिटामिन सी’ प्रशस्त भएको सुन्तलाले तपाईमा रोग प्रतिरोधात्मक क्षमताको विकास गरी रोगहरु लाग्नबाट बचाउँछ । चिसो मौसममा रोगसँग लड्न सुन्तला खानु निकै फाइदाजनक छ।
उच्च रक्तचापका लागि वरदान :
सुन्तला सेवन उच्च रक्तचाप नियन्त्रण गर्न वरदान सावित हुन्छ । यसले उच्च रक्तचाप नियन्त्रणमा सहयोग पु-याउँछ । सुन्तलामा हुने ‘हेस्परिडिन’ भन्ने तत्वले उच्च रक्तचाप नियन्त्रण गर्ने भएकोले चिकित्सकहरुले उच्च रक्तचापको समस्या भएका व्यक्तिका लागि सुन्तला खान सल्लाह दिन्छन् ।
छालाको सुन्दरता बढाउँछ :
सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले तपाईको छालालाई सुन्दर बनाउँछ । अनुहार र छालाको सुन्दरताका लागि पनि नियमित सुन्तला खानु उपयुक्त हुन्छ । सुन्तला खाएपछि त्यसको बोक्रा जम्मा गरेर ग्याण्डरमा पिसेर धुलो बनाई अनुहारमा नियमित लगाउँदा पनि फाइदा पुग्छ ।
मुटुलाई स्वस्थ राख्छ :
सुन्तलामा हुने पोटासियमले तपाईको मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ । त्यसैले मुटुलाई स्वस्थ राख्न सुन्तला खानु उपयुक्त हुन्छ ।
क्यान्सरको जोखिम कम गर्छ :
सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले तपाईलाई क्यान्सर हुन दिँदैन । नियमित सुन्तला खाने व्यक्तिमा स्तन, फोक्सो र छालाको क्यान्सरको जोखिम कम गर्ने विभिन्न अध्ययनह्रले देखाएका छन् ।
आँखाको दृष्टिलाई फाइदा :
सुन्तलामा पाइने भिटामिन ए ले आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।
कब्जियतबाट बचाउँछ :
सुन्तलामा पाइने फाइबरले कब्जियत हुन दिँदैन । त्यस्तै सुन्तलामा हुने रेशायुक्त पदार्थले तपाईका पाचन प्रणाली समेत राम्रो बनाउँछ । यसका अलावा :
मिर्गौला स्वस्थ राख्न
कलेजो जोगाउन
कोलेस्टरोल घटाउन
मुटु बलियो बनाउन
भाइरल इन्फेक्सन हटाउन
सुन्तलाको सेवनसँगै घाममा बसेर खान सकिने अर्को पोषकतत्व हो – बदाम । बदामले शरीरमा निकै फाइदा पनि पु-याउँछ।
नियमित बदामको सेवनले छाला र हाडलाई फाइदा पुर्याउँछ।
स्ट्रोक पेट सम्बन्धी रोगहरु निको पार्छ। फोक्सोलाई पनि यसले मजबुत बनाउँछ ।
ग्याँस र एसिडीटिको समस्याबाट छुट्कारा मिल्छ ।
भोक नलाग्ने समस्या हटाउँछ ।
गर्भवती महिलाहरुलाई यसले फाइदा पुर्याउँछ।
बदामको प्रयोगले कोस्ट्रोललाई नियन्त्रण गर्छ,जसबाट मुटुको रोगहरुलाई टाढै राख्छ ।
बदाम खानाले हर्मोनहरु सन्तुलनमा रहन्छन् ।
यदि तपाईंलाई मधुमेह छ भने तपाईंले आफ्नो डाक्टरको सल्लाह लिएर बदाम खान सक्नुहुन्छ ।
महिलाको प्रजनन् क्षमतामा वृद्धि गर्छ ।
बदाममा भिटामिन सी भरपुर मात्रामा पाइन्छ जसले रुघा, खोकीजस्ता समस्याबाट टाढा रहन मद्दत गर्छ ।
बदामको नियमित प्रयोगले क्यान्सरबाट बचाउँछ ।
बदाममा हुने ‘ट्राइपटोफन’ नामक तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ ।
जानकारहरु भन्छन्, ‘बदाममा दूध र अण्डाको तुलनामा धेरै प्रोटिन हुन्छ ।’
यसले हाम्रो शारिरीक मानसिक दुवै रुपमा फाईदा पुर्याउँछ । बदामका अरु धेरै फाईदा हरु यस्ता छन् ।
बदाममा हुने ‘ट्राइप्टोफन’ नामक तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया