काठमाडौं । यदि भगवानले कसैलाई वरदान दिए भने उसको जीवन सफल हुने मान्यता रहेको छ । भगवानको आशिर्वादले जीवन राम्रो बन्ने मान्यता रहेको छ ।
वेद पुराणमा पनि यो बारेमा जानकारी दिइएको छ । तर आज हामी भगवान विष्णुलाई सुदर्शन चक्र कसले दियो भन्ने बारेमा तपाईलाई जानकारी गराउनेछौँ ।
भगवान विष्णुसँग जोडिएका अनेक कहानी हाम्रो धर्मग्रन्थमा पढ्न पाइन्छ । यस्तै एउटा रोचक कुरा कार्तिक शुक्ल चतुर्दशीसँग जोडिएको छ ।
यो चतुर्दशीलाई वैकुण्ठ चतुर्दशीकारुपमा मनाउने गरिन्छ । त्यो दिन भगवान विष्णु र शिवलाई पूजा गर्ने गरिन्छ ।
के छ पौराणिक कथा ?
पौराणिक कथाका अनुसार विश्वको पालनकर्ता भगवान विष्णुलाई हिन्दू धर्मका तीन महान ईश्वरीय रुपमामध्ये एक मान्ने गरिन्छ ।
तपाईले भगवान विष्णुको फोटो वा मूर्ति हेर्दा पक्कै त्यहाँ सुदर्शन चक्र बोकेको देख्नु भएको होला । उक्त चक्र भगवान शिवले विष्णुलाई जगत कल्याणको लागि दिएका थिए ।
भगवान शिवले विष्णुलाई दिएको सुदर्शन चक्रको फरक कथा छ । एकपटक राक्षसको देवलोकमा अत्याधिक भएको थियो । जसका कारण सबै देवताहरु डराएर विष्णुको शरणमा गएका थिए ।
त्यसैबेला विष्णुले देवताहरुको रक्षाका लागि कैलासमा गएर महादेवसँग प्रार्थना गरेका थिए । त्यसैबेला राक्षसको नाशका लागि शिवले विष्णुलाई सुदर्शन चक्र दिएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया