काठमाडौं । नीति शास्त्रका महान ज्ञाता चाणक्यको नीति सबैले मन पराउँछन् । चाणक्यले त्यस्ता केहि नीतिहरुको बारेमा जानकारी दिएका छन्,जसको पालन गरेपछि जीवनका समस्याहरु आफैँ हटेर जान्छ ।
चाणक्य नीतिका अनुसार हामीसँग यी तीन चीज भएमा हामीलाई स्वर्ग यहीँ छ ।
१ आज्ञाकारी सन्तान
चाणक्य नीतिका अनुसार माता पिताका लागि आफ्नो सन्तानले आज्ञाको पालना गर्छ भने, त्यो नै उनीहरुका लागि स्वर्गको समान हुन्छ । यदि सन्तानले आफ्नो आज्ञा मानेन भने, त्यो नै उनीहरुका लागि नर्क बन्दछ ।
२. समझदार श्रीमती/श्रीमान
चाणक्यको नीतिशास्त्रका अनुसार श्रीमती सहयोगी, श्रीमानको कुरा सुन्छ भने त्यस्तो व्यक्तिको मन सधैँ प्रशन्न हुन्छ साथै उक्त व्यक्तिलाई स्वर्ग यहिँ छ ।
त्यस्तै अर्काे तर्फ श्रीमानले पनि श्रीमतीको कुरालाई मान्ने, श्रमितीसँग राम्रो व्यवहार गर्ने गरेमा उसलाई पनि स्वर्ग यहिँ छ ।
३. पर्याप्त धन
चाणक्य नीतिका अनुसार मानिसलाई धर्तीमै स्वर्ग समान जिउनको लागि संस्कारी र समझदार श्रीमती तथा सन्तानका साथै पर्याप्त धनको पनि आवश्यक पर्दछ ।
भनिन्छ पैसा सबै थोक होइन, तर पैसाले सबैथोक हुन्छ । त्यसैले सफल र सुखी जीवन बिताउन पैसा अनिवार्य छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया