काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ईक्रा एनपी इस्यूअर रेटिङ ट्रीपल बी माइनस रेटिङ प्राप्त गरेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई इक्रा नेपालले सो रेटिङ प्रदान गरेको हो । ईक्राले प्रदान गर्ने यस्तो रेटिङ समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । त्यसैले सिटिजन्सको क्रेडिट जोखिममा रहेको देखिन्छ ।
यो जीवन बीमा कम्पनीले २०७४ कात्तिक २ गतेबाट व्यवसायिक यात्रा सुरु गरेको थियो । कम्पनीका मुलुकभर २५ वटा शाखा फैलिएका छन् ।
कम्पनीको हाल अधिकृत पुँजी ३ अर्ब र जारी पूँजी २ अर्ब ५० करोड रहेको छ । कम्पनीको चुँक्ता पूँजी १ अर्ब ७५ करोड रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया