आजदेखि चन्द्रागिरी हिल्सकोे आईपीओ बिक्रीमा, कसरी दिने आवेदन ?

काठमाडौं । चन्द्रागिरी हिल्सको आइपीओ आज शुक्रवार देखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीले १०० रुपैयाँ दरमा सर्वसाधारणका लागि आइपीओ बिकी खुला गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिती पुस २८ गते तोकिएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन पाइनेछ ।

कम्पनीले १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता आइपीओ निष्काशन गरेको हो । जसमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि, ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता साधारण शेयर सर्वसाधारणको लागि छुट्याइएको छ ।

यसअघि पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ३ करोड ६ लाख रुपैयाँ बढीको आईपीओ निष्काशन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?