काठमाडौं । अब अन्तर बैंक एटीएम कारोबार गर्दा शुल्क लाग्ने भएको छ । बिहिवार नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै अन्तर बैंक एटीएम कारोबारमा शुल्क लाग्ने जनाएको हो ।
खाता भएको भन्दा फरक बैंकको एटीएमबाट मासिक २ पटकसम्म निःशुल्क रकम झिक्न सकिने छ । तर त्यसपछि भने प्रतिकारोबार अधिकतम २० रुपैयाँसम्म शुल्क लाग्ने छ । यो व्यवस्था माघ १ गतेदेखि लागू हुने भएको छ ।
यसअघि कोरोना कहरलाई लक्षित गरेर राष्ट्र बैंकले अन्तर बैंकिङ कारोबार गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको थियो । अहिले कोरोना कहर सामान्य हुदैं गएको र बन्दाबन्दी खुलेको अवस्थालाई लक्षित गर्दै अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया