काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोसलाई पछि पार्दै टेस्लाका मालिक एलन मस्क विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । मस्कको नेटवर्थ १८८ बिलियन यूएस डलर भन्दा धेरै रहेको छ । यो अमेजनका संस्थापक जेफ बेजोसको १८७ बिलियन यूएस डलरभन्दा १ डलरले बढी हो ।
टेस्लाको शेयरमा निरन्तर वृद्धिका कारण यो उपलब्धि हात लागेको हो । इलेक्ट्रिक कार बनाउने कम्पनी टेस्लाका मालिक मस्क अब संसारकै धनी व्यक्ति बनेका छन् ।
२०१७ देखि जेफ बेजोस नै संसारको सबैभन्दा धनी व्यक्ति थिए ।
यस्ता छन् सूत्र विश्वकै धनी व्यक्ति एलन मस्कका सफलताक सूत्र
१. पैसासँग मात्रै सरोकार नराख्नू
२. आफ्नो इच्छालाई पछ्याउनू
३. ठूलो कुरा सोच्न कहिल्यै नडराउनू
४. खतरा मोल्न तयार हुनू
५. आलोचकको बेवास्ता गर्नु
६. आफैँमा रमाउनू, सकारात्मक सोचका साथ काम गर्ने मानिसले पछाडी फर्कनुपर्दैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया