पुल निर्माणमा अवरोध नगर्ने भारतीय पक्षको भनाइ

लोकपथ
0
Shares

राजविराज । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सप्तरीको खड्ग खोलाको पुल निर्माणकाे कार्य नराेक्ने प्रष्ट पारेको छ। एसएसबीका एक उच्च पदस्थ अधिकारीले सो पुल निर्माणमा कुनै पनि अवरोध गर्ने आफूहरूको मनसाय नरहेको बताए।

हुलाकी राजमार्ग अन्तरगत रहेको कठौना–पातो–कटैया सडक खण्ड अन्तरगत डाकनेश्वरी नगरपालिका ६ कटैयामा निर्माण हुन लागेकाे उक्त पुल नेपाल भित्रै पर्ने स्वीकार गर्दै आफूहरूले पुलको निर्माण कार्य रोक्ने नखोजेको उनले प्रष्ट पारे।

यद्यपि सो क्षेत्रमा सीमांकनको कार्य जारी रहेकोले सीमांकनको काम टुङ्गिएपछि मात्र पुल निर्माण कार्य अघि बढाउन आफूहरूले नेपाली पक्षलाई आग्रह गरेको उनले बताए।

एसएसबी स्राेतले भन्याे,’ अहिले दुवै देशका अधिकारीहरू संलग्न भइ सीमामा सीमांकनकाे काम भैरहेकाेले तत्काल पुल निर्माण नगर्दा राम्रो हुन्छ, सीमांकनकाे काम सकिएपछि पुल निर्माणमा हाम्राे तर्फबाट कुनै आपत्ति हुनेछैन।’

सो पुल दशगजाबाट झन्डै ५० मिटर भित्र नेपालतिर नै पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?