जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सत्य र न्यायका लागि आम नेपाली नागरिक एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।
जसपाद्वारा आज विराटनगरमा आयोजित जनप्रदर्शन तथा विरोधसभामा उनले जनविद्रोह र जनआन्दोलनबाट प्राप्त उलब्धिलाई रक्षा गर्ने दायित्व सबैको भएको बताए । ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कित्तामा आफूलाई उभ्याएको भन्दै उनीविरुद्ध सबै नेपाली जनता एकजुट हुनुपर्ने उनको भनाइ थियो ।
उनले सुविधाजनक बहुमतको सरकारले संसद् भङ्ग गरेर निर्वाचन गराउन नखोजेको आशंका व्यक्त गर्दै सरकारको कदम शान्ति सुरक्षा, राष्ट्रिय एकता र सुशासनप्रति अडिग रहनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया