इन्डोनेसियामा दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो, यसकारण खोजिन्छन् यी उपकरण

लोकपथ
0
Shares

काठमाडौं – इन्डोनेसियामा भएको विमान दुर्घटनाबारे अपडेट दिँदै इन्डोनेसियाली उड्ययन अधिकारीहरूले दुर्घटनाग्रस्त इन्डोनेसियाली विमानका दुबै ‘ब्ल्याक बक्स’को स्थान पत्ता लगाएको बताएका छन् ।

१२ जना क्रु मेम्बरसहित कुल ६२ जना यात्रु लिएर शनिवार जकार्ताबाट उडान भरेको विमान उडान भरेको केहि समयमा नै बेपत्ता भएको थियो ।

त्यहाँका उड्ययनमन्त्री मन्त्री बुदी करिया सुमाडीले श्रीविजय एयरलाइन्सको उडान १८२ लाई २ बजेर ३६ मिनेटमा उडान भर्नु पर्ने भएपनि केहि ढिला भएको र पाइलटले ४ मिनेटसम्म एअर ट्राफिक कन्ट्रोलसँग सम्पर्क गरेपछि विमान गायब भएको बताएका थिए । लगत्तै बेपत्ता यात्रु र विमानका उपकरणको खोजी थालिएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उद्धार र खोजीमा जुटेको टोलीले यात्रुका क्षतविक्षत अंगहरु भेटाएका थिए । विमान दुर्घटनाका कारण पत्ता लगाउन पनि विमानमा जडित एक उपकरण ‘ब्ल्याक बक्स’ आवश्यक पर्छ । सोही उपकरण फेला परेको अधिकारीहरुले जनाएका हुन् ।

Rescuers carry a body bag containing human remains recovered from the sea where a Sriwijaya Air passenger jet crashed. [Tatan Syuflana/AP Photo]

A worker sprays disinfectant on body bags containing human remains recovered from the waters where the Sriwijaya Air passenger jet crashed. [Tatan Syuflana/AP Photo]

Indonesian Navy divers show parts of an aircraft recovered from the water during the search operations. [AP Photo]

के हो ‘ब्ल्याक बक्स’ ? दुर्घटनाग्रस्त विमानका ‘ब्ल्याक बक्स’ यसकारण खोजिन्छन्

विमानको पछिल्लो भागमा पंखाको साईडमा राखिएको एक महत्वपूर्ण उपकरण हो, ब्ल्याक बक्स । विमान दुर्घटना भन्ने बित्तिकै के कारणले दुर्घटना भयो भन्ने आधिकारीक कारण थाहा पाउन त्यहि ब्ल्याक बक्सको खोजी गरीन्छ । त्यसैले यो विमानका लागि अति आवश्यक उपकरण हो । हामीले सुन्ने गरेका पनि छौ विमान दुर्घटना भयो भने ब्ल्याक बक्सको खोजि हुन्छ ।

Investigators inspect debris found in the waters off Java island. [Dita Alangkara/AP Photo]
An Indonesian Air Force employee looks through the window of a NAS-332 Super Puma helicopter during an aerial search for debris from Sriwijaya Air SJ-182. [Aditya Pradana Putra/Antara Foto via Reuters]
Ships search for the Sriwijaya Air flight SJ-182. Indonesian divers located parts of the wreckage of the Boeing 737-500 in the Java Sea, a day after the aircraft with dozens of people onboard crashed shortly after takeoff from Jakarta. [Willy Kurniawan/Reuters]
Indonesian rescue members carry what is believed to be wreckage from Sriwijaya Air flight SJ182. The aircarft with 62 people on board was en route to Pontianak in West Kalimantan before it disappeared from radar screens on Saturday. [Ajeng Dinar Ulfiana/Reuters]

आखिर यो ब्ल्याक बक्स केहो त ? हरेक विमानमा ब्ल्याक बक्स हुन्छ र दुर्घटनापछि यो ब्ल्याक बक्स खोजिन्छ । ब्ल्याक बक्स के हो र यसले के काम गर्छ भन्ने बारेमा भने धेरैलाई थाहा नहुन सक्छ । यसैकुरालाई मध्यनजर गरेर हामीले ब्ल्याक बक्स केहो र यसले के काम गर्छ भन्ने बारेमा रिपोर्ट तयार पारेका छौं ।

के हो त ब्ल्याक बक्स ?

ब्ल्याक बक्स खासमा एक रेकर्डर हो । यो रेकर्डरमा विमान दुर्घटना हुनुभन्दा अघि २ घण्टाको आवाज रेकर्ड हुन्छ । यसमा विमानभित्रका सबै आवाज रेकर्ड हुन्छन् । विमान जस्तोसुकै दुर्घटनामा परे पनि यो ब्ल्याक बक्स सकुशल रहन्छ र यसमा रेकर्ड भएको आवाजको आधारमा दुर्घटना कसरी भयो भन्ने पत्ता लगाउन सहज हुन्छ । ब्ल्याक बक्समा इन्जिनको आवाज, आपतकालीन अर्लामको आवाज, क्याबिनको आवाज अनि ककपिटको आवाज रेकर्ड हुन्छ । र, त्यसबाट के थाहा हुन्छ भने, दुर्घटनाका बेला जहाजमा कस्तो अवस्थामा थियो । पाइलटहरुले के कस्तो कुरा गरेका थिए ? के भनेका थिए ? यी सबै कुरा त्यहि ब्ल्याक बक्सबाट थाहा हुन्छ ।

विमानको कुन भागमा अथवा कहाँ हुन्छ ब्ल्याक बक्स ?

सुरक्षाको दृष्टिले ब्ल्याक बक्सलाई खासगरी विमानको पछिल्लो भागमा राखिएको हुन्छ । यो बक्स एकदमै बलियो धातु टाइटेनियमबाट बनेको हुन्छ, जसलाई आगोले जलाउन सक्दैन । ब्ल्याक बक्स जुनसुकै अवस्थामा पनि सुरक्षित रहन्छ, जसले जहाज दुर्घटनाको बेला के कस्ता आवाज आए भन्ने कुरा रेकर्ड राख्छ । यतिसम्म की समुद्रमा डुबेको अवस्थामा पनि ब्ल्याक बक्सको भ्वाइस रेकर्ड सुरक्षित रहन्छ ।

ब्ल्याक बक्सको रोचक तथ्य

रोचक त के भने ब्ल्याक बक्सको रंग कालो हुँदैन । यो सुन्तला रंगको हुन्छ । ब्ल्याक बक्समा दुईवटा रेकर्डर हुन्छन् । एउटा एफडीआर (फ्लाइट डाटा रेकर्डर) र अर्को सीभीआर (ककपिट भ्वाइस रेकर्डर) । एफर्डआरले विमानको उडानसम्बन्धी डाटा रेकर्ड गर्छ भने सीभीआरले ककपिटमा पाइलटहरुको कुराकानीदेखि त्यहाँको आवाज रेकर्ड गर्छ ।

सुन्तला रंगको डिब्बाको नाम कसरी रहन गयो ब्ल्याक बक्स ?

एक बैठकमा एक पत्रकारले यो बक्सलाई ‘ब्ल्याक बक्स’ भनेपछि यही नाम प्रचलनमा आएको हो । सायद त्यतिबेला यो बक्स जलेर कालो भएकोले उनले यसो भनेका थिए तर पछि यही नाम नै प्रचलित भयो र सुन्तले रंगको डिब्बालाई ब्ल्याक बक्सको नामले चिन्न थालियो ।

५ दिन अघि इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटना भएको थियो। विमानमा सवार सबै यात्रुको मृत्यु भएको छ । विमानमा १८० यात्रु र चालक दलका सदस्य रहेका थिए । त्यहाँको पनि ब्ल्याक बक्स भेटिएको छ । त्यो रिलिज भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?