काठमाडौं । आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानको स्मरण गरी मनाइँदै छ ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे-चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।
हामी पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताका रुपमा लिने गर्छौ । उनको मृत्यु मृत्यु सन् १८३१ मा भएको थियो ।
पृथ्वी नारायण शाहका १३ प्रेरक भनाईहरु
१. खानी भएको ठाउँमा गाउँ भएपनि गाउँलाई अन्यत्र सार्नुपर्छ र खानी चलाउनुपर्छ र उब्जनी योग्य जमिनमा भएको घर भत्काएर भएपनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।
२. अदालतको पैसा दरवारमा नलैजानु र त्यसको सदुपयोग जोगी र सन्यासीलाई भोजन गराउनु ।
३. मुलुकमा अन्याय हुन कहिल्यै नदिनु ।
४. सुरक्षानिकाय र जनप्रतिनिधि सधैँ बफादार हुनुपर्छ ।
५. जनता मोटाउनु भनेको दरवार बलियो हुनु हो ।
६. सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नुपर्छ ।
७. नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु ।
८. काठमाडौं निकै संवेदनशील क्षेत्र हो, सिमानामा सुरक्षा व्यवस्था कडा गर्नु ।
९. सधैँ गुणको होइन, नुनको पछि लाग्नु ।
१०. आफ्नो संस्कृतिको संरक्षण र जगेर्ना गर्नु अत्यावश्यक छ ।
११. घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन् ।
१२. यो मुलुक चार जात छत्तिस वर्णको साझा फूलबारी हो ।
१३. राष्ट्रिय उद्योगको विकास गर, विदेशमा आफ्ना सामान निर्यात गर ।
Tags: पृथ्वी नारायण शाह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया