नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आज (सोमवार)सम्म एक करोड चार लाख ६६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ३११ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको सङ्ख्या एक करोड चार लाख ६६ हजार ५९५ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले हिजो (आइतवार) बिहान जनाएको छ ।
गत २४ मा भारतमा कोरोना संक्रमणको कारण १६१ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५१ हजार ३११ जना पुगेको छ ।
मन्त्रालयको पछिल्लो विवरणमा एक करोड ९२ हजार ८५९ व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख २२ हजार ५२६ सक्रिय संक्रमित रहेका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतवार ३९९ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र १२ जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ६०० भन्दा बढीको मृत्यु भइसकेको छ ।
यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतवारसम्म देशभर १८ करोड १७ लाख ५५ को हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो आइतवार एक दिनमा छ लाख ५९ हजार २०९ जनाको कोभिड–१९ परीक्षण गरेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया